तामागढी बचत तथा ऋण सहकारी द्वारा भूकम्प पीडितलाई राहत सहयोग

साझेदारी दैनिक
283 पाठक संख्या

बाराको कोल्हवीमा रहेको तामागढी बचत तथा ऋण सहकारी संस्थाले भूकम्पबाट प्रभावितहरुमा राहत सहयोग गरेको छ ।

सहकारीले राहत स्वरुप नगद रु ७३ हजार सहयोग गरेको हो । सहकारीले शुक्रवार बैक मार्फत उक्त रकम राहत कोषमा जम्मा गरेको जनाएको छ ।

संस्थाको संचालक समितिको २३० औँ बैठकबाट निर्णय गर्दै संचालक समितिका पादाधिकारी तथा सदस्यहरु,उपसमिति सदस्यहरु र सम्पूर्ण कर्मचारीहरुबाट संकलित रकमलाई राहत सहयोग गरिएको संस्थाका मुख्य प्रबन्धक बासुदेव रिमालले साझेदारी दैनिकलाई जानकारी दिए ।

सहकारीले भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा प्रभावितहरुका राहत र पुनःस्थापनाका निमित्त प्रधानमन्त्री दैविक प्रकोप सहायता कोषको कृषि विकास बैंकमा रहेको चल्ती खाता नम्बर ००१००२०१००२९०७१४ मा शुक्रवार नगद जम्मा गरेको मुख्य प्रबन्धक रिमालले बताए ।

तामागढी सहकारीले सामाजिक उत्तरदायित्व अन्र्तगत देशमा हुने विभिन्न विपदमा परेकाहरुलाई राहत र उद्धारका लागि सहयोग गर्दै आईरहेको संस्थाका अध्यक्ष एकराज आचार्यले जानकारी दिएका छन् ।

Leave a review