लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत महागढीमाईमा बक्तित्वकला प्रतियोगिता सम्पन्न

साझेदारी दैनिक
354 पाठक संख्या

बाराको महागढीमाई नगरपालिका अन्तगरको गढीमाई बहुमुखी क्याम्पसमा शुक्रवार बक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

“घरेलु हिंसा आ एकरा से परिवारमे परेवाला प्रभाव” विषमय विद्यालय स्तरीय बक्तित्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

३२ औँ लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत जनजागरण युवा क्लबको आयोजना तथा विभिन्न निकायको सहयोगमा उक्त प्रतियोगित सम्पन्न गरिएको हो । प्रतियोगितमा नेरामावि बबुआईन,भोला मावि गंजभवानीपुर,गढीमाई महेन्द्र प्रविधिक मावि बरियारपुरका छात्राहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा गढीमाई महेन्द्र प्राविधिक माविकी अल्का कुशवाहा प्रथम, सोही विद्यालयकी प्रीती गुप्ता द्धितिय, भोला माविकी मुस्कान गुप्ता तृतिय र नेरामावि बबुआईकी करिश्मा चौरसिया चौथो भएकी थिईन । प्रतियोगिताको निर्णायक मण्डलमा दिपेन्द्र प्रसाद यादव,प्रियंका दास र श्रीनिवास वैठा रहेका आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रममा गढीमाई महागढीमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विजय कुशवाहा,शिक्षा शाखा प्रमुख रामविश्वास प्रसाद चौरसिया,गढीमाई बहुमुखी क्याम्पसका प्रधानाध्यापक धर्मेन्द्र प्रसाद यादव लगायतका विशेष उपस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds