रुपेश स्वर्णकारका हत्याका सुटर सुजित सिंह पक्राउ

संदिप प्रसाद यादव
671 पाठक संख्या

बारा प्रहरीले रुपेश स्वर्णकारलाई गोली प्रहार गर्ने भारतीय सुटर सुजित सिंहलाई नियन्त्रणमा लिएको छ ।

बाराको सदरमुकाम कलैयामा दिन दहाडै बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारमाथि गोली प्रहार गरी हत्या भएको घटनाका मुख्य अभियुक्त सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१, सुक्लहियाका २५ वर्षिय सुजित कुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए । उनलाई प्रहरीले एक थान पेस्तोल र ५ थान गोली समेत पक्राउ गरेको हो ।

सिंहलाई भारतीय सीमासँग जोडिएको छतवा मुसहर्वा नाकाबाट गोली हानेर पक्राउ गरिएको हो ।बाराको बिश्रामपुर गाँउपालिका– ३ मा देखिएका उनलाई प्रहरीले पक्राउ गर्न खोजेपछि भागेकोमा दुबै खुट्टामा गोली प्रहार गरी पक्राउ गरिएको प्रहरी उपरिक्षक काफ्लेले बताएका छन् ।

गोली प्रहारबाट घाईते भएका सिंहको हाल प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ ।

गत दुई महिना अघि कार्तिक १३ गते बाराको सदरमुकाम कलैया उपमहानगर– ६ मा दुई मोटरसाईकलमा आएका चार जनाको अज्ञात समुहले बाल एकता बोर्डिङका स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारलाई दिन दहाडै गोली प्रहार गरी हत्या गरेका थिए ।

अज्ञात समुहले स्वर्णकारको छाती,टाउकोमा गरी चार राउन्ड गोली प्रहार गरी फरार मध्येका मुख्य सुटर सिह रहेको प्रहरीले जनाएको छ ।

सार्पसुटरका नामबाट परिचित सिंह यस अघिका बाराका दुई घटनाका समेत सुटर रहेको प्रहरीको दाबी छ । त्यसको करिब २ महिनामा सुटरलाई बारा प्रहरीले गोली चलाएर नियन्त्रणमा लिन सफल भएको हो ।

घटनाको छानविन भईरहेको र विस्तृत विवरण आउन बाँकी रहेको बारा प्रहरीले जनाएको छ ।

Leave a review