ग्लोबल बहुउद्देश्यीय सहकारीको चौथो साधारणसभा सम्पन्न

साझेदारी दैनिक
287 पाठक संख्या

धीरेन्द्र पनुहर/

बाराको कोल्हवीमा रहेको ग्लोबल बहुउद्देश्यीय सहकारीको चौथो बार्षिक साधारणसभा शनिवार एक कार्यक्रमवीच सम्पन्न भएको छ ।

कोल्हवी–२ स्थित होटल मिस्टिक तराई गहुमिमा आयोजित उक्त साधारणसभाको कोल्हवी नगरपालिकाकी उपमेयर लक्ष्मी कुमारी चौधरीले उद्घाटन गरेकी छिन ।

सहकारी संस्थाले गत आर्थिक बर्ष २०७९/८० मा करिब ५ करोड ५२ लाख ४५हजार ८ सय ७६ रुपैया बराबरको कारोबार गरेको उद्घाटन समारोहमा संस्थाी व्यवस्थापक रिता चौधरीले जानकारी गराईएकी थिईन ।

साधारणसभाको उद्घाटन कार्यक्रममा कोल्हवी नगरपालिका सहकारी शाखा प्रमुख लोकनाथ ओली,कोल्हवी १ का वडा अध्यक्ष राजहरण चौधरी,कोल्हवी नगर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मी साह कलवार,तामागढी सझेदारी बन समितिका अध्यक्ष रबिन्द्र पनुहर,ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख भोलामान सिंह अधिकारी,सशस्त्र बेस क्याम्प कोल्हवीका ईन्चार्ज उमेश पौडेल लगायतकाले सम्बोध गर्नुभएको थियो ।

सहकारीले साधारणसभाकै अवसरमरा उत्कृष्ट बचत कर्ता,मासिक बचत कर्ता,उत्कृष्ट ऋणी तथा उत्कृष्ट कर्मचारीहरुलाई सम्मान सहित पुरस्कृत गरेको थियो । सहकारीले साधारण सभामा उपस्थित भएका शेयर सदस्यहरुवीच गोलाप्रथा गरेर पुरस्कृत गरेको छ ।

यसरी छनौट भएका ८ जना शेयर सदस्यहरुलाई सहकारीले ग्यास चुल्हो,प्रेसर कुकर,पानी तताउने भाडो,हिटर र राईस कुकर उपहार स्वरुप बितरण गरेको सहकारीले जनाएको छ ।

सहकारी संस्थाका अध्यक्ष अनिल कुमार ठाकुरको अध्यक्षतामा सम्पन्न साधारणसभा उद्घाटन समारोहमा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष ज्ञानेन्द्र चौधरीले गर्नु भएको थियो भने कार्यक्रमको सन्चालन संस्थाकी प्रबन्धक रिता चौधरीले गर्नु भएको थियो ।

Leave a review