Sajhedari Daily
Latest News from Nepal

प्रशासनको मिलेमतोमा कोरोना फैलिदै

Top Aside Banner

प्रदेश नं २ कोभिड १९ को मुख्य केन्द्र बन्दै आइरहेको यो परिवेशमा प्रदेशकै पर्सा जिल्ला अहिले प्राणघातक रोगको मुख्य केन्द्र बिन्दु बनेको छ । पर्सा जिल्लाको बिरगंज महानगरपालिका र आसपासका पालिकाहरुमा समुदाय स्तरमै कोरोनाको महामारी फैलिरहेको बिज्ञहरुले बताई रहदा सत्ता र शक्तिको पहुचमा रहेका पथलैया बिरगंज औधोगिक करिडोरका उधोगी व्यापारिहरुले सस्तो श्रममा भारतीय कामदार उधोगमा भित्र्याउदा कोरोना भाइरसको संक्रमण प्रदेश २ का गाउँ गाउँ सम्म फैलिएको एक अध्यनले बताई रहदा संघिय,प्रदेश र स्थानीय सरकारहरु मौन देखिनु सबैको मिलोमतो रहेको पुष्टि हुन्छ।

बारा जिल्लाको सिमरा स्थित रहेको जगदम्बा स्टिल कम्पनिमा दुई दिन अगाडि ११ जना मजदुरहरुमा कोभिड १९ को संक्रमण पुष्टि भएको थियो तै पनि सो उधोग संचालन गर्नु ,त्यहा कुनै शिल नगर्नुले सबैको मिलोमतो भएको पुष्टि हुन्छ।हिजो मात्रै स्थानियले जबर्जस्ती उधोगको मुख्य गेटमा ताला लगाएपछी स्थानीय प्रशासन र वडाका प्रतिनिधि त्यहा पुगेका थिए । कति संम्म भने भारतबाट आएको खाली डिब्बामा ३० जना भारतीय मजदुर कोचेर उधोग भित्र्याउनै लाग्दा सिमराका स्थानियले रोकेर त्यहा भित्रबाट ती मजदुर बाहिर निकाली संचार माध्यमा सार्वजनिक गरेका थियो । त्यति ठूलो लापरबाही हुनजेल सम्म नत बिरगंजका भन्सार हेर्ने कर्मचारीले थाहा पाए नत सुरक्षा हेर्ने सुरक्षाकर्मीले नै,थाहा पाएपनि सबै लेनदेनको आधारमा गुपचुप राखियो तर अन्तिममा स्थानिय जनताले त्यसको पर्दाफास गरि छाड्यो ।

यस्तो स्वास्थ्यसंग गंम्भिर महामारीको समयमा नै राज्यका प्रमुख अंग केही पैसाको लेनदेनमा वा सत्ताको प्रमुखहरुको आडमा खेलदछन भने आम तपाईं हामी जनताको भोलिको अवस्था के होला सहजै अनुमान गर्न सकिन्छ। अतःराज्यको नियम कानून न मान्य सो उधोगलाई तत्काल शिलगरी संक्रमण रोग ऐन नियमको कानूनी दायरामा राखी कार्वाही होस ।