कलैयामा ‘स्टुडेन्ट अफ द इयर सिजन –२’ प्रतियोगिता सम्पन्न

संदिप प्रसाद यादव
350 पाठक संख्या

कलैयामा ‘स्टुडेन्ट अफ द इयर सिजन–२’ प्रतियोगिता कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

बाराको सदरमुकाम कलैया उपमहानगर–६ द्वारा आयोजित स्टुडेन्ट अफ द इयर सिजन–२ प्रतियोगिता सिद्धेश्वर उच्च माध्यमिक बिद्यालयको खेलमैदानमा एक कार्यक्रम बीच सम्पन्न भएको हो ।

कलैया उपमहानगर –६ का वार्ड अध्यक्ष रामविश्वस ठाकुरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कलैया उपमहानगरपालिका का नगर प्रमुख विनोद प्रसाद साह रहेका थिए ।

‘स्टुडेन्ट अफ द इयर सिजन–२ ’ प्रतियोगितामा कलैयाका १२ वाट स्कुलले भाग लिएका थिए । बाल एकता बोर्डिङ स्कुल,श्री ३ चन्द्र उच्च माध्यमिक विद्यालय स्कुल,दुर्गा नमुना स्कुल,मनकामना बोर्डिङ स्कुल,कलैया ब्राइट ल्याण्ड स्कुल,मदर्शा स्कुल लगायतले प्रतियोगितामा भाग लिएका थिए ।

फाईनल क्रिकेट खेलमा दुर्गा नमुना स्कुलले टस जितेर पहिलो ब्याटिङ गर्दै १६ ओभरमा ९ बिकेट गुमाइ १ सय ७ रन बनाएको थियोे । श्री ३ चन्द्र स्कुलले १५ ओभरमा १ सय ९ रन बनाई २ बिकेटले विजयी भएको थियो ।

पहिलो क्रिकेट खेलका म्यान अफ द म्याच फेटा स्कुलका एजाज अलि,दुर्गा नमुना स्कुलका प्रिन्स यादव,श्री ३ चन्द्र स्कुलका रिशाल गुप्ता,बाल एकता स्कुलका अकाश प्रजापती,मदर्शा स्कुलका सलाउदिन मिया,श्री ३ चन्द्र स्कुलका रिशाल गुप्ता,दुर्गा स्कुलका ईरफान खान,ब्राईट ल्याण्डका निरज,श्री ३ चन्द्र स्कुलका आकाश गुप्ता,दुर्गा स्कुलका मोसल्लम र फाईलन खेलका म्यान अफ द म्याच श्री ३ चन्द्र स्कुलका निखिल गुप्ता तथा म्यान अफ द सिरिज उत्कृष्ट खेलाडी आकाश गुप्ता भएका थिए ।

रेखाचित्र प्रतियोगिताका बिजेता मेरो एकेडेमी स्कुलका विद्यार्थी आदिती चौधरी भएकी छिन् । हाजिरी जवाफ प्रतियोगिताका बिजेता मेरो एकेडेमी स्कुल भएको थियोे ।

त्यसैगरी दौड प्रतियोगितामा छात्रातर्फ बाट बिजेता मेरो एकेडेमी स्कुलका विद्यार्थी भएकी थिइन् । दौड प्रतियोगितामा छात्र तर्फ श्री ३ चन्द्र उच्च माध्यमिक बिधालय स्कुलका विद्यार्थी निखिल गुप्ता बिजेता भएका थिए ।

बेस्ट अडभर्टाइजिन मिडिया पार्टनर साझेदारी राष्ट्रिय दैनिक र रुटिन अफ बारा अपडेट तथा बेस्ट स्कुल रिपर्जेन्ट अफ द ईयर दुर्गा नमुना स्कुल भएको थियोे ।

सो प्रतियोगिताका सम्पूर्ण खेलमा प्रथमलाई ट्रफी तथा मेडल प्रदान गरिएको थियोे ।

सो प्रतियोगिताको व्यवस्थापन जीनियस इन्टरटेन्मेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले गरेको थियोे ।
कार्यक्रमलाई सम्बोधन गर्दै कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद प्रसाद साहले छिट्टै जिल्ला स्तरीय मेयर कप प्रतियोगिता गराउने र त्यो प्रतियोगिताको व्यवस्थापन जीनियस इन्टरटेन्मेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले गर्ने बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै वार्ड अध्यक्ष ठाकुरले खेलाडीहरुको प्रतिभालाई उजागर तथा अगाडि बढाउनलाई उक्त प्रतियोगिताको आयोजना गरिएको बताए । थप आउने दिनमा पनि यस्ता प्रतियोगिताहरु आयोजना गर्ने बताएका छन् ।

एक वर्ष नृत्य शिक्षा छात्रवृत्ति दिने र विद्यालय तथा बिद्यार्थीहरुलाई सहभागिता प्रमाण पत्र दिने जीनियस इन्टरटेन्मेन्ट एन्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडका संचालक अंकुश ब्याहुतले बताए ।

उक्त कार्यक्रममा बारा क्षेत्र ३ ख का पुर्व प्रदेश सभा सदस्य पारस प्रसाद साह,कलैया उपमहानगरपालिका का प्रमुख प्रशासकीय अधिकृत नाथु साह,वार्ड नम्बर ४ का वार्ड अध्यक्ष रामेश्वर यादव,८ का वार्ड अध्यक्ष रन्जित चौरसिया,२६ का वार्ड अध्यक्ष धर्मेन्द्र यादव,२७ का वार्ड अध्यक्ष अशोक तिवारी,६ का वार्ड सदस्य किशोरी पन्डित,निजाम हवारी,श्री ३ चन्द्र उच्च माध्यमिक विद्यालय स्कुल,दुर्गा नमुना स्कुलका प्रधानध्यापकहरु,जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक जयकिशुन कुर्मी,समाजवादी युवा संघ बाराका अध्यक्ष सुजित पाण्डे,गणेश ब्याहुत,अर्जुन कलवार,सन्नी अन्सारी,विद्यार्थी,खेलाडी तथा सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियोे ।

सो कार्यक्रमको संचालन साजिर मंसुर र जीनियस इन्टरटेन्मेन्ट एन्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडका संचालक अंकुश ब्याहुतले गरेका थिए ।

Leave a review

This will close in 0 seconds