जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई

साझेदारी दैनिक
419 पाठक संख्या

जीतपुरसिमराको औराहामा संचालित प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले हात पारेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा मकवानपुरले पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै जीत हात पारेको हो ।

टस जितेर ब्याटिङ रोजेको पर्सालाई कम स्कोरमा रोक्दै मकानपुरले उपाधि कब्जा गर्न सफल भएको हो । प्रतियोगिता अन्तरगत समूह ‘ए’ विजेता बन्दै फाइनलमा प्रवेश गरेको पर्साले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ९० रन बनाएको थियो ।

पर्साका लागि सुरज पटेलले ४५ र हासिम अंसारीले १० रन बनाउँदा अन्य व्याटरले दोहोरो संख्यामा रन बनाउन विफल भए । पर्सालाई सस्तैमा रोक्ने सफल भएको मकवानपुरका तर्फबाट अशिम श्रेष्ठले तीन, पियुश शर्माले दुई, बिशाल फुयाल र रोहित ठाकुरले समान एक–एक विकेट लिएका थिए ।

पर्सा विरुद्धको ९१ रनको लक्ष्य लिएर खेलमा उत्रिएको मकवानपुरका लागि तक्षक सिम्ख्डाले ३०, बिशाल फुयालले १५ र सक्षम बस्ताकोटीले अविजित १४ रन बनाएका थिए । यता पर्साका लागि सम्साद मन्सुरीले एकल तीन विकेट लिन सफल भएका थिए ।

विजेता तथा उपविजेता टिमलाई पूर्व युवा तथा खेलकुद मन्त्री एवम् संविधान सभाका सदस्य पुरुषोत्तम पौडेल, संविधान सभाका सदस्य जयराम दहाल, मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, नेकपा एमाले मधेस प्रदेश सचिव मनोज पौडेललगायतले पुरस्कार वितरण गरेका थिए ।

Leave a review