बारामा दुई जना फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
1.2k पाठक संख्या

बारा प्रहरीले दुई जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालय समेतबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले जबरजस्ती करणी चालु मुद्दामा बाराको परवानिपुर गाउँपालिका वडा नं. ४ राम टोल बस्ने अन्दाजी २० वर्षीय विशाल रामलाई पक्राउ गरेको छ ।

त्यस्तै प्रहरी चौकी गंजभवानिपुरबाट खटिएको प्रहरीले जुवा मुद्दामा अदालतबाट २ सय रुपैयाँ जरिवाना पाएका जिल्लाको महागढीमाई नगरपालिका वडा नं. १ सिमरा तेलगछिया टोल बस्ने अन्दाजी ४३ वर्षीय नागेन्द्र पटेललाई पक्राउ गरी प्रहरीले अदालतमा दाखेल गरेको छ ।

बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

Leave a review