मदिरा तस्करी गर्नको लागि मालबाहक ट्रकको प्रयोग भएको खुलाशा भएको छ ।
वीरगञ्ज बाहिर बाराको जितपुर सिमरा एरियामा उत्पादित अबैध घरेलु मदिरा यसरी ट्रकबाट आइरहेको हो ।वीरगञ्ज भित्रयाउनको लागि मालबाहक ट्रकको प्रयोग भईरहेको पाइएको हो ।
गत आईतबार पर्सा प्रहरीले हेटौडाबाट आउदै गरेको ट्रकबाट अबैध घरेलु मदिरा बरामद गरेपछि यस्को पुष्टि भएको हो ।
वीरगञ्ज महानगरपालिका–२१ हनुमान मन्दिर स्थित सडकखण्डमा ना ७ ख ७९७७ नम्बरको मालबाहक ट्रकमा लोड गरि ल्याउदै गरेको आठ सय दस लिटर अवैध घरेलु मदिरा बरामद गरेको प्रहरीले जनाएको हो ।
मदिरा सहित प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ बस्ने राजु यादवलाई पक्राउ गरेको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी कुमारबिक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।बरामद गरिएको मदिरा सहित ट्रक र चालकलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय घडिअर्वामा बुझाइएको छ ।

