बिभिन्न मुद्दामा फरार चार प्रतिवादी नियन्त्रणमा

संदिप प्रसाद यादव
269 पाठक संख्या

बारा प्रहरीले बिभिन्न मुद्दामा फरार रहेका चार जना प्रतिवादीलाई शुक्रवार नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालय समेतबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी उनीहरुलाई पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले सार्बजनिक अपराध सम्बन्धी कसुर मुद्दामा अदालतबाट २ हजार रुपैयाँ जरिवाना पाएका बाराको निजगढ नगरपालिका वडा नम्बर ९ घर भई हाल वडा नम्बर ७ बस्ने वर्ष अन्दाजी ४५ वर्षीय राजेश तिमल्सिनालाई पक्राउ गरेको छ ।

त्यस्तै प्रहरीले सार्बजनिक अपराध सम्बन्धी कसुर मुद्दामा अदालतबाट २ हजार रुपैयाँ जरिवाना पाएका सोही ठाउँमा बस्ने ३२ वर्षीय संतोष तामाङ स्याङतानलाई पक्राउ गरी प्रहरीले जिल्ला अदालत कलैयामा दाखिला गरेको छ ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले लाँगु औषध गाजा तथा चरेस मुद्दामा अदालतबाट ९ महिना ९ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना पाएका जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ गमरगामा बस्ने अन्दाजी ४५ वर्षीय नागेन्द्र महतोलाई पनि पक्राउ गरेको छ ।

प्रहरी चौकी जैतापुरबाट खटिएको प्रहरीले चोरी मुद्दामा अदालतबाट १ महिना कैद सजाय पाएका जिल्लाको जीतपुरसिमरा उपमहानगपालिका वडा नम्बर २१ खमुवा बस्ने ५० वर्षीय इद्रिस मियालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन्।

Leave a review

This will close in 0 seconds