ब्यवसायिक सिलाईकटाई तालिम र पशुपालन तालिम आरम्भ

रञ्जन यादव
307 पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिकाले नयाँ उद्यमी सिर्जनाको लागि ब्यवसायिक सिलाईकटाई तालिम र पशुपालन तालिम सुरु गरेको छ ।

उपमहानगरपालिकाको वडा नं.१ पथलैयामा १ सय ६० घण्टे(३२ दिन ) बिशेष सिलाई कटाई तालिम शुरु भएको हो ।

यस्तै उपमहानगरपालिकाको वडा नं.२१ अमलेखगंजमा सात दिने पशुपालन तालिम सुरु भएको बरिष्ठ उद्यम विकास सहजकर्ता दिपनारायण रायले साझेदारी दैनिकलाई जानकारी दिए ।

पथलैयामा सुरु भएको सिलाई कटाई तालिम असाढ १३ गते सम्म चल्नेछ । त्यस्तै अमलेखगंजमा सुरु भएको तालिम जेठ २० गते सम्म चल्ने सहजकर्ता रायले बताए ।

दुबै तालिममा सहभागिहरु तालिम लिईरहेका ब्यवसाय पेसाको रुपमा अपनाईसकेका वा अपनाउँने तर्खरमा रहेका उद्यम विकास शाखाले जनाएको छ । तालिममा सहभागिहरु सम्बन्धित बिषयका अधारभूत तालिम आफ्नो वडा वा विभिन्न संघ संस्थाको माध्यमबाट लिईसकेको जनाईएको छ ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पां) अन्तर्गत उपमहानगरपालिकाको उद्यम बिकास शाखाले यी तालिमहरु लघु उद्यमीहरुलाई प्रदान गरिरहेको हो ।

सिलाईकटाई तालिममा वडा नं.३,१६ र २१ का १८ जना महिला तथा पुरुषको सहभागिता रहेको छ । महिला र पुरुषहरुलाई आय आर्जनमा जोड्न तथा लघु उद्यमी सृजनाका लागि सिप विकास तालिम सञ्चालन गरिएको उपमहानगरपालिको उपप्रमुख भोलाप्रसाद अधिकारीले जानकारी दिए ।

तालिम लिइसकेपछि आफूले सिकेको ज्ञान र सिपलाई निरन्तर व्यवहारमा लागु गरि ब्यवसायिक बन्न उनले अनुरोध गरे ।

अमलेखगंजमा ब्यवसायिक पशुपालन तालिमको उद्घाटन वडा नं.२१ का वडा अध्यक्ष सुबाश श्रेष्ठले गरेका छन् । स्थानीयको माग अनुसार ब्यवसायिक पशुपालन तालिम प्रदान भईरहेकाले तालिममा पशुपालनको ब्यवसायिक तरिकाहरु सिकेर ब्यवहारमा उतार्न उनले अनुरोध गरे । ब्यवसायिक पशुपालन तालिममा २२ जनाको सहभागिता रहेको छ ।

Leave a review