ज्योति विकास बैंक सिमरा शाखाले प्राथमिक स्वास्थ्य केन्द्र जीतपुर,बारालाई एक थान अ गरेको छ ।
‘न्यानो नानी’ कार्यक्रम अन्तर्गत जीतपुर स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई सोमवार बेबी वार्मर सेट प्रदान गरेको हो ।
ज्योति विकास बैंकले देशभरी ४४ वटा न्यनो नानी मेसिन वितरण गरेको बैंकका ब्रान्डिङ्गका हेड कुशलजंग अधिकारीले बताए । यस बैंकले आफ्नो सामाजिक उत्तरदायित्व हर क्षेत्रमा पूरा गर्दै आएको छ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका प्रदेश सभा सदस्य देवनारायण चौधरीले अन्यक्षेत्रमा गरेको लगानि भन्दा स्वास्थ्यको क्षेत्रमा गरेको लगानी दिगो हुने बताउँनुभयो ।


