डिभिजन वन कार्यालय बाराले जिल्लाको विभिन्न सडक किनार वृक्षारोपण अभियान संचालन गर्ने भएको छ ।
अयिभान अन्तरगत रोपिने विरुवाहरुको आईतबार हलिकार्य तथा नर्सरी क्षेत्रको अनुगमन तथा निरिक्षण गरिएको छ ।
कार्यलयले आर्थिक वर्ष २०८०/०८१ मा गरिएको सडक किनार वृक्षारोपण कार्यको साथै विरुवा उत्पादन क्षेत्र नर्सरीको आइतबार अवलोकन निरीक्षण गरेको हो ।
बाराको सुवर्ण गाउँपालिका,महागढीमाई नगरपालिका,प्रसौनी गाउँपालिका,परवानीपुर गाउँपालिकाका विभिन्न वडाहरुमा यस आर्थिक वर्षमा डिभिजन वनले सडक किनार वृक्षारोपण कार्य गरेको थियो ।
डिभिजन वन प्रमुख विनोद सिंहको नेतृत्वमा जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साह,सहायक डिभिजन वन प्रमुख जवाहरलाल कुर्मी,अधिकृत ललन राउत कुर्मीलगायत सञ्चारकर्मी र वन रक्षकहरुसहितको सहभागिता रहेको थियो ।
अनुगमन गरिएका क्षेत्रहरुमा सुवर्ण गाउँपालिकाको वडा नं २ र ३ मा गरिएको ५ सय ७० वटा सडक किनारका विरुवा,महागढीमाई नगरपालिका वडा नं ४ को १ किलोमिटर सडककिनारमा लगाइएको विरुवा,प्रसौनी गाउँ पालिकाको १ दशमलव ७ किलोमिटरमा लगाइएको विरुवा,कलैया सब डिभिजन वन कार्यालयको विरुवा उत्पादन केन्द्र (नर्सरी),खैराँतीमाई सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको पार्क, परवानीपुर गाउँपालिका वडा नं ३ अन्तरगतग गरिएको वृक्षारोपण, पोखरी सौन्दर्यीकरणलगायतका रहेको सहायक डिभिजन वन प्रमुख कुर्मीले जानकारी दिएका छन ।

