नेपाली कांग्रेसको नवगठित सूचना, संचार तथा प्रचार विभाग्को यहि मिति २०७७ भाद्र २० र २१ गते बसेको बैठकको “प्रविधि मैत्री अभियान” संचालन गर्ने निर्णयको थियो ।सोही निर्णय बमोजिम नेपाली कांग्रेसको वेबसाईट परिमार्जन गरि पार्टी सभापति शेर बहादुर देउवाले १०७ औं बिपी जयन्तीका अवसरमा परिमार्जित वेबसाईटको शुभारम्भ गरि प्रविधि मैत्री अभियानको थालनी गरेका छन् ।
आज देखि सञ्चालनमा आएको परिमार्जित वेबसाईट थप विशेषताहरु समावेश गरिएको छ । १९९९ सालबाट सुरु भएको साइटलाई २१ वर्षपछि थप परिमार्जन गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
जिल्ला, भ्रातृ संस्था र विदेश स्थित जनसम्पर्क समितिका सब डोमेन केन्द्रीय कार्यालयको साइटबाटै खोल्न सकिने बनाइएको छ । नेतृत्वसँग जिज्ञासा राख्नका लागि ‘नेतृत्वलाई प्रश्न’ को व्यवस्था पनि साइटमा राखिएको छ। नेतालाई कार्यकर्ताको प्रश्नका लागि उक्त प्रावधान समेत राखिएको छ । दलभित्र र दलबाहिरका स्वस्थ आलोचनालाई सम्मान गर्दै जवाफ पनि पोस्ट गरिने व्यवस्था वेबसाईटमा रहेको छ ।
परिमार्जित वेबसाईटमा व्यक्तिगत दृष्टिकोणलाई समेत समावेश गर्ने स्थान दिइएको छ । उक्त विचारलाई आलेखका रुपमा प्रस्तुत गरिने भएको छ । बुधबार देखि आएको परिमार्जित साइटमा अर्थविद् डा स्वर्णिम वाग्ले र राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले लेखले स्थान पाएको छ। परिमार्जित वेबसाईट अन्तिम रुप भने पाइनसकेको बताइएको छ । साइटलाई थप विकास गर्ने क्रममा क्रियाशील सदस्यताको नामावली पनि समावेश गर्ने बताइएको छ ।
कांग्रेसको सदस्य हुन पाउँ भनि आवदेन दिन सकिने व्यवस्था समेत समावेश गरिएको छ । पार्टीको सूचनामा आम नागरिक सम्म सजिलै पहुँच पुर्याउन परिमार्जित वेबसाईटले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने साथै नेपाली कांग्रेस लाई प्रविधि मैत्री पार्टीमा रुपान्तरण गर्ने अभियान अब तीब्र गतिमा अगाडी बढाइने जानकारी प्रचार विभागका सचिव दिनेश थापा मगरले दिए ।
प्रविधी मैत्री अभियानको शुभारम्भ

समाचार शेयर गर्नुहोस
Leave a review
Leave a review