कलैया,१६ भदौ । कलैयामा अखिल क्रान्तिकारी बाराको १४ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ।
बाराको कलैयामा रहेको करण राज पार्टी प्यालेसको सभा हलमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला समिति बाराको आयोजनामा १४ औं सम्मेलन शनिबार एक कार्यक्रम बिच सम्पन्न भएको हो ।
सो कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष सन्दिप यादवले गरेका थिए भने प्रमुख अतिथिको रुपमा पार्टीका केन्द्रिय उपाध्यक्ष सुर्य नारायण साह रहनु भएका थिए ।
सो सम्मेलनबाट अखिल क्रान्तिकारीको जिल्ला अध्यक्षमा सन्दिप यादव निर्विरोध सर्वसम्मतिले मनोनित भएका छन् । उनी पुर्व जिल्ला अध्यक्ष रहेका थिए भने उनलाई नै अध्यक्षमा मनोनीत गरिएको हो ।
यादव नेतृत्वको समितिमा ३९ सदस्यीय जिल्ला कार्यसमितिको मनोनयन गरिएको छ । उक्त कमिटीको उपाध्यक्षमा दिपेन्द्र यादव,अखिल पटेल,अमित यादव,दिपक यादव,लक्ष्मी लम्साल मनोनित भएका छन् ।
यस्तै जिल्ला सचिवमा शुशिल माली,सहसचिव सोनु पटेल,अमृता सापकोटा,साहाबोदिन आलम,सहसचिव प्रियंका सरार्फ,कोषाध्यक्षमा निलम राम र सदस्यमा प्रदिप माली,सहाबुदिन ठकुराई लगायत ३९ सदस्य मनोनित भएका छन् ।
उक्त कार्यक्रममा कलैया उपमहानगरपालिकाका पार्टी अध्यक्ष मुकेश साह,जितपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल,पार्टीकी बैकल्पिक केन्द्रीय सदस्य शिला खनाल, गीता कडेल,अखिल क्रान्तिकारीका मधेस प्रदेश अध्यक्ष पुजन सिंह,अखिल क्रान्तिकारीका मधेस प्रदेश उपाध्यक्ष प्रभाकर गुप्ता,केन्द्रीय सचिव शिवम साह,प्रदेश सचिव बिबेक कुमार साह,विभिन्न पालिकाका अध्यक्ष तथा सदस्यहरु, सञ्चारकर्मी लगायत पार्टीका नेताहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको संचालन संचारकर्मी प्रहलाद चौरसियाले गरेका थिए ।

