लायन्स क्लवद्वारा बौद्ध बिद्यालयलाई खाद्यान्न,शैक्षिक र खेलकुद सामाग्री वितरण

रञ्जन यादव
221 पाठक संख्या

लायन्स क्लब अफ वीरगन्ज ग्रेट पिपुल र लायन्स क्लब अफ वीरगन्ज मिलिनियम एमजेएफले बाराको अमलेखगञ्ज स्थित बौद्ध बिद्यालयलाई शुक्रबार खाद्यान्न,शैक्षिक र खेलकुद सामाग्री वितरण गरेको छ।

लायन्स क्लब अफ अमलेखगञ्जको समन्वयमा जीतपुरसिमरा उपमहानगरपालिका २१ अमलेखगञ्जस्थित अहिंसावादी साङ्गे छ्योइलिङ आधारभूत बौद्ध विद्यालयलाई सामाग्री हस्तान्तरण गरिएको हो।

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी,लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका ईमिडियट पाष्ट डिष्ट्रिक्ट गभर्नर डिएन अग्रवाल,द्वितीय भाइस गभर्नर रामबिहारी पाण्डे,जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ का अध्यक्ष एवम् लायन्स क्लब अफ अमलेखगञ्जका अध्यक्ष सुवास श्रेष्ठ लगायतले संयुक्त रुपमा सो सामाग्री हस्तान्तरण गरेका हुन्।

Leave a review

This will close in 0 seconds