नवराज चौलागाईं,
निजगढमा औद्योगिक ग्राम स्थापनाका लागी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय समक्ष माग गर्ने निजगढ नगरपालिकाको कार्यपालिका बैठकले निर्णय गरेको छ ।
आईतबार सम्पन्न निजगढ नगरपालिकाको कार्यपालिका बैठकले निजगढमा औद्योगिक ग्राम स्थापनाको लागी सम्बन्धित निकायहरुबाट सिफारिस लिई सम्बन्धित कागजात सहित नेपाल सरकार,उध्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयमा माग गर्ने निर्णय गरेको निजगढ नगरपालिकाका सुचना अधिकारी रबिन घिमिरेले जानकारी गराएका छन ।
नगरपालिकाले वडा नम्बर ९ स्थित लालबकैया नदिको पूर्वी किनारमा रहेको सार्वजनिक जमिनलाई औद्योगिक ग्राम निर्माण गर्न लागेकोहो । तेस्तै बैठकले नगरपालिकाको सबै वडाहरुमा स्टक गरि राखिएको वा उत्खनन गरिएको नदिजन्य पदार्थको स्थिति अनुगमन गरि अवैध रुपमा स्टक गरेको वा उत्खनन कार्य गरेको पाईएमा कानुन बमोजिम जफत गरि अन्य आवश्यक कारवाही अघि बढाउने समेत बैठकले निर्णय गरेको नगरपालिकाका सुचना अधिकारि घिमिरेले बताए । यसैगरी बैठकले निजगढमा विज्ञान पार्क निर्माण गर्नकालागी आवश्यक जमिन सहित सम्बन्धित निकायलाई पहल गर्ने पनि बैठकले निर्णय गरेकोछ ।
नगरपालिकाले बिज्ञान पार्क निर्माण गर्नका लागी वडा नम्बर ४ को बाघ भैरव सामुदायिक वन र वडा नम्बर ५ को जनजागृति सुन्दर सामुदायिक वनको चुरे पहाडी क्षेत्रमा विज्ञान तथा प्रविधि उद्यान स्थल निजगढ निर्माण गरि संचालनमा ल्याउनका लागी नगरपालिकाबाट आवश्यक पर्ने सबै कार्य र सम्बन्धित निकायमा पहल गर्ने निजगढका मेयर सुरेश कुमार खनालले बताउनुभएको छ ।
निजगढमा औद्योगिक ग्राम र विज्ञान पार्क स्थापनाका लागी नगरपालिकाले पहल गर्ने

समाचार शेयर गर्नुहोस
Leave a review
Leave a review