कृषि औजार कारखानाका लागि लेजर कटिङ मशिन खरिद

राम मण्डल
330 पाठक संख्या

वीरगञ्ज : राष्ट्रिय आविष्कार केन्द्रले धातुको पाता काट्ने अत्याधुनिक लेजर कटिङ मशिन खरिद गरेको छ।

कृषि औजार कारखाना चलाउन आविष्कार केन्द्रले काम गर्दै आएको छ। कारखानाको लागि केन्द्रले ५० लाखको लागतमा सो मेशिन खरिद गरेको केन्द्रका प्रमुख महावीर पुनले जानकारी दिए।

उनले किताब बेचेर आएको पैसाबाट अत्याधुनिक लेजर कटिङ मेशिन खरिद गरिएको जानकारी दिए। यसै वर्ष कारखानाको लागि थप दुई करोडको अरु अत्याधिुनिक मेशिनहरु पनि खरिद गरिने जानकारी उनले दिए।

धातुको पाता काट्ने अत्याधुनिक लेजर कटिङ मशिन कारखानामा कृषि औजार बनाउने क्रममा प्रयोग हुनेछ। यसले अनुसन्धानकर्ताहरुलाई पनि यो मेशिन उपलब्ध हुने छ।

लेजर कटिङ मशिनले फलाम, अल्मुनियम लगायतका अन्य धातुहरुलाई काटने गर्छ। मेशिनको प्रयोगले काम छिटो छरितो हुने कारखानामा कार्यरत प्रमुख ईन्जनियर रितेश देवले साझेदारी दैनिकलाई जानकारी दिए ।

अहिले खरिद गरिएको यो मेशिन कृषि औजार कारखानाको लागि एकदमै काम लाग्ने मेशिन भएको उनले बताए। केन्द्रले ०७९ साल माघदेखि कारखानामा काम गर्दैै आएको छ।

केन्द्रका ईन्जिनियरहरुले हालसम्म १० प्रकारका कृषि उपकरणहरु तयार समेत गरेका छन्। सरकारले चलाउन नसकेर बन्द गरिदिएकोे कृषि औजार कारखाना०७९ असोज ११ गते राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो । केन्द्रले ०७९ साल माघदेखि कारखानामा काम गर्दैै आएको छ ।

आविष्कार केन्द्रका प्रमुख पुन भने देशैभरि घुमेर आफनो जीवनी कथाको पुस्तक बेचेर कृषि औजार कारखाना चलाउने बताउदै आएका छन्। उनले देशका बिभिन्न स्थानहरुमा घुमेर निरन्तर किताब बिक्री गर्दै आएका छन ।

Leave a review

This will close in 0 seconds