कलैया । करदाता सेवा कार्यालय बाराले बाराको कलैयामा शनिबार १३ औं राष्ट्रिय कर दिवस मनाएको छ।
“कर प्रणालीको सार,लगानीको आधार“ भन्ने मूल नाराका साथ तेह्रौ राष्ट्रिय कर दिवस यहाँ मनाइएको हो। यस अवसरमा करदाता सेवा कार्यालय,कलैया बाराले प्रभात फेरी गरेको छ।
कार्यालयको प्राङ्गणबाट निकालिएको प्रभात फेरिले कलैयाको विभिन्न भाग परिक्रमा गरेको हो। प्रभात फेरी कलैयाको मुख्य बजार क्षेत्र हुदै कार्यालयमा पुगेर सम्पन्न भएको हो।
उक्त अवसरमा कार्यक्रममा कर सम्वन्धी आधारभूत जनकारीमुलक संदेश प्रवाह तथा ब्राउसर वितरण गरिएको जानकारी करदाता सेवा कार्यालय कलैयाका कार्यालय प्रमुख बिष्णु सिग्देलले जानकारी दिए।
१३ औं राष्ट्रिय कर दिवस मंसिर १ देखि ७ गते सम्म मनाईने प्रमुख सिग्देलले जनाए।
उक्त अवसरमा उद्योग वाणिज्य संघ बाराका सदस्य पप्पु गुप्ता,कोष तथा लेखा नियन्त्रण कार्यालय बाराका लेखापाल बृजकिशोर चौरसिया,करदाता कार्यालयका नासु रमेश कुर्मी,डायसु बिनय राउत,व्यापारी,व्यवसायी,करदाता,कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो।

