भूमि आयोग बाराका अध्यक्ष घलेलाई भब्य स्वागत एवं सम्मान

रञ्जन यादव
271 पाठक संख्या

बारा : भूमि समस्या समाधान आयोगको बारा जिल्ला अध्यक्ष भरत घलेलाई जीतपुरसिमरा उपमहानगरपालिकाले भब्य स्वागत एवम् सम्मान गरेको छ।

एक कार्यक्रमको आयोजना गरेर उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल लगायतका जनप्रतिनिधिहरुले बुधबार नव नियुक्त अध्यक्ष घलेलाई स्वागत एवं सम्मान गरेका हुन्।

जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख पौडेलले भूमि समस्या समाधान आयोगका अध्यक्ष घलेलाई टीका र खादा लगाई स्वागत गरेका हुन्र्। जीतपुरसिमरा उपमहानगरपालिका भित्रका भूमि संग सम्बन्धित समस्याहरु प्रत्येक चुनावमा एजेन्डा मात्र बन्ने तर समस्या समाधान नहुने गरेको नगरप्रमुख पौडेलले बताए।

भूमि समस्या समाधान बाराका अध्यक्ष भरत घले २ कार्यकाल सम्म गाबिस अध्यक्ष र वन संगको क्षेत्रमा रहेर काम गरेकोले यो आयोगले यस पटक भूमिहीनहरुको समस्या समाधान गर्नेमा आफू आशावादी रहेको नगरप्रमुख पौडेलले बताए।

भूमि सम्बन्धी समस्या समाधानको लागि जीतपुरसिमरा उपमहानगरपालिकाले भूमि समस्या आयोग संग हातेमालो गरी हिडने उनले जनाए।

भरत घले जीतपुरसिमरा उपमहानगरपालिकाकै बासिन्दा भएकोले जीतपुरसिमरा उपमहानगरपालिका भित्रका भूमि सम्बन्धि समस्या चाडै समाधान हुनेमा जीतपुरसिमरा बासी र जनप्रतिनिधिहरु बिश्वसत रहेको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले बताए।

अहिले बनेको आयोग इतिहासकै अन्तिम आयोग हुने भन्दै यसले गर्ने काम भूमि व्यवस्थापनको इतिहासमा कोशेढुंगा साबित हुने भूमि समस्या समाधान आयोग बाराका अध्यक्ष भरत घलेले बताए।

बारा जिल्लाका भूमिहीन सुकुम्बासीहरुले चाडै लालपुर्जा पाउने गरि आफू आफ्नो कार्यकालमा काम गर्ने अध्यक्ष घलेले बताए।

उहाँले सरकारले जतिसुकै विरोध सहेर पनि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गरेरै छाड्ने गरि काम गर्न अध्यक्षहरुलाई निर्देशन दिएको समेत बताउनुभयो ।

अहिले सम्म जीतपुरसिमरा उपमहानगरपालिकामा भूमि सम्बन्धि ६ हजार ८ सय ८५ वटा समस्या दर्ता भएको उपमहानगरले जनाएको छ।उक्त स्वागत तथा सम्मान कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधि विभिन्न राजनितीक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds