निजगढ नगरपालिकाले वितरण ग¥यो विद्यार्थीहरुको लागी मास्क

साझेदारी दैनिक
साझेदारी दैनिक 381 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

नवराज चौलागाईं/

नगर भित्र संचालित विद्यालयहरुलाई निजगढ नगरपालिकाले मास्क वितरण गरेकोछ ।नगरपालिकाले कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्दै नगरका विद्यालय संचालन गर्न लागिरहेकोले आईतबार विद्यालयका प्रधानाध्यापकहरुलाई मास्क वितरण गरेको छ ।

नगरपालिकाको सभाहलमा आयोजित मास्क वितरण कार्यक्रममा नगगरप्रमुख सुरेश कुमार खनाल,उप प्रमुख लिलादेवी लामिछाने खनाल र प्रमुख प्रशासकिय अधिकृत बिशकशेन ढकालले प्रधानाध्यापकहरुलाई संयुक्त रुपमा मास्क वितरण गर्नुभएको थियो ।

नगर भित्रका २७ वटा सामुदायिक विद्यालय, ८ वटा संस्थापक विद्यालय र १ वटा क्याम्पसलाई मास्क वितरण गरेको निजगढ नगरपालिकाका शिक्षा शाखा प्रमुख उत्तम लामिछानेले जानकारी गराएका छन ।

कोरोना भाईरस संक्रमणका कारण बन्द भएको विद्यालय संचालन गर्न निर्माण गरेको कार्यविधि अनुरुप विद्यालय संचालन गर्ने तयारी गरिरहेकोले नगरपालिकाले जनाएको छ ।

विद्यार्थीहरुको सुरक्षाको लागी अहिले प्रति विद्यार्थी दुईवटाको दरले मास्क वितरण गरिएको नगरप्रमुख खनालले बताएका छन ।

नगरपालिकाले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरुको सल्लाह र माग अनुसार विद्ययालय संचालनको लागि आवश्यक प्रक्रियाहरु पुरा गरिरहेकोले नगरपालिकाले निर्माण गरेको कार्यविधिको विद्यालयहरुले पूर्ण रुपमा पालना गर्नुपर्ने जोड दिनुभयो । जथाभावी रुपमा विध्यालय संचालन गरे आगामी दिनमा कोरोना संक्रमणको जोखिम बढ्नसक्ने भन्दै जिम्मेवार ढंगले पठनपाठन गर्नका लागी तयारी गर्न प्रधानाध्यापकहरुलाई नगर खनालले आग्रह गर्नुभयो ।

विद्यार्थीहरु संवेदनशील हुने भएकाले उनीहरुको स्वास्थ्यप्रति अलिकतिपनि खेलवाड नगर्न खनालले निर्देशन दिनुभएको छ । नगरपालिकाले विध्यार्थीहरुकोलागी पुनः प्रयोग गर्न मिल्ने खालको मास्क वितरण गरेको जनाएको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review