नक्कली नेपाली रुपैयाँसहित पाँच पक्राउ

साझेदारी दैनिक
366 पाठक संख्या

कलैया : प्रहरीले सर्लाहीको मलगंवा नगरपालिका ८ गोरखकालीबाट सोमबार साँझ नक्कली नेपाली रुपैयाँ सहित पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा महोत्तरीको सोनम गाउँपालिका ५ सुन्दरपुर बस्ने ४२ वर्षीय सुल्तान मंसुर,रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ९ चिनमिलिया टोल बस्ने ५६ वर्षीय रामनारायण सहनी, सर्लाही धनकौल नगरपालिका ७ बैरिया बस्ने ४८ वर्षीय दुलार सहनी,सर्लाही ब्रहमपुरी नगरपालिका वडा नम्बर २ बस्ने ५० वर्षीय रामपृत सहनी,सोही स्थान बस्ने ३५ वर्षीय सिहानता कुमारी देवी रहेको मधेश प्रदेश प्रहरी गण धनुषाका प्रवक्ता एवम सुचना अधिकारी बरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोईरालाले जानकारी दिएका छन्।

उनीहरुको साथबाट नक्कली नेपाली रुपैयाँ एक लाख ७६ हजार बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिृएको प्रहरी टोलीले जांच गर्ने क्रममा बि.आर.३० सि.४७६६ नम्बरको मोटरसाईकलमा सवार रहेको खुर्सेद शेख र रामनारायण सहनीले बोकी राखेको कार्टुन भित्र नक्कली नेपाली रुपैया एक हजार दरको तल माथि एक/एक वटा नोट राखि बीचमा सादा सेतो पेपर राखि बनाएको बण्डल ८८ थानमा नक्कली नेपाली रुपैयाँ १७६ थान बरामद गरेको हो।

उक्त खोटा मुद्राको वारदातमा पाँच जनाको सलग्नता रहेको खुल्न आएको प्रहरीले जनाएको छ। उनीहरु चढी आएको बा.४७ प ८७५७ र बि.आर. ३० ए. एल.३९४९ नम्बरको मोटरसाईकल सहित लिईएको हो। उनीहरु माथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Leave a review

This will close in 0 seconds