Sajhedari Daily
Latest News from Nepal

क्यान्सर पिडित भुजेलद्वारा सहयोगको याचना

Top Aside Banner
 रौतहटका एक क्यान्सर पिडितले ज्यान बाचर्यदिन आग्रह गर्दै सहयोगको याचना गरेका छन । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का ५७ बर्षिय रण बहादुर भुजेल आफुलाई बचाइदिन आग्रह गर्दै आर्थिक सहयोग गरिदिन माग गरेका हुन ।
भुजेल बिगत चार महिनादेखि थ्रट क्यान्सरबाट पिडित बनेका हुन । उनको उपचारमा लाखौ खर्च लाग्ने र समयमै उपचार गर्नुपर्ने कारण घरको आर्थिक अवस्था कमजोर हुदा उपचार गर्न नसक्े भएकाले बचाइदिन आग्रह गरिरहेको बताएका छन ।
ऋण गरेर आफ्नो उपचार गर्न दौडधुप गरेका रण बहादुर आर्थिक अवस्थाका कारण मृत्युबरण गर्न्र अवस्थामा पुगेको छिमेकी राजकुमार तिमल्सिना बताउछन । भन्छन, सरकारका निकायले समेत एक बिपन्नको ज्यान बचाउन पहल गर्नुपर्छ।
भुजेललाई सहयोग गर्न चाहानेले भुजेलको आमा साबित्रा देबि भुजेलको एसबिआइ बैक चन्द्रपुरमा रहेको २३९१५२४०७००३०५ खाता नम्बरमा सहयोग रकम जम्मा गर्न सकिने परिवार स्रोतले जनाएका छन ।