करैयामाईमा तालिम केन्द्रको उदघाटन

साझेदारी दैनिक
426 पाठक संख्या

कलैया : बाराको करैयामाई गाउँपालिका वडा नम्बर १ मधुवनमा रहेको कृषि भवनमा सोमबार एक कार्यक्रमका बीच पढाई,सिकाई,कमाई तालिम केन्द्रको उदघाटन गरिएको छ ।

करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भु प्रसाद यादवले उक्त तालिम केन्द्रको उदघाटन गरेका हुन।

उक्त उदघाटन समारोहलाई सम्बोधन गर्दे अध्यक्ष यादवले तालिम केन्द्र बाट शिक्षाको साथ साथै सिप सिकन समेत सहज हुने बताए ।

करैयामाई गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सोनालाल साहको अध्यक्षतामा भएको उदघाटन समरोहमा वडा नम्बर २ का कार्यबाहक अध्यक्ष काशी चौधरी,६ का राजकुमार चौधरी, जनसामुदायिक मा.वि.का प्रधानाध्यापक रामबाबु यादव,रामनारायण साह,प्रशिक्षक शैयद निजाम,रोजगार सह संयोजक मनोज यादव,वडा सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

Leave a review