Sajhedari Daily
Latest News from Nepal

मालपोत बाराका ११ जना कर्मचारी सहित पर्सा बारामा थपिए ३७ सँक्रमित

Top Aside Banner

राम मण्डल/
पर्सा र बारामा पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सा स्थित वीरगञ्जको नारायणी अस्पतालमा बुधवार राति १ सय ९२ जनाको थ्रोट स्वाब परिक्षण गर्दा पर्सामा २१ र बारामा १६ जना गरि ३७ जना संक्रमण देखिएको हो ।

पर्साका एक सय ५८ र बाराका ३४ जनाको परिक्षण गरिएकोमा पर्सामा २ जना महिलासहित २१ जनामा संक्रमण पुष्टि भएको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मा चार, वडा नम्बर ४, १५ मा दुई÷दुई जना, वडा न. ७, ११, १४, १८ र २२ मा एक÷एक जना र वडा खुल्न नसकेको ४ जनामा संक्रमण देखिएको अस्पतालका प्रबक्ता डा. अतुलेश कुमार चौरसियाले बताएका छन ।

यसैगरी ३ जना नेपाली सेनामा कार्यरत जवानमा समेत संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका वडा न. २ मा तीन र वडा नम्बर ५ मा एक जना संक्रमित थपिएका छन् ।

यता बाराको कलैयास्थित मालपोत कार्यालयका ११ जनासहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।