कलैया : बाराको सदरमुकाम कलैया रहेको गढीमाई एम्पोरियम बार्षिकोत्सव कार्यक्रम मनाएको छ ।
उपमहानगरपालिका वार्ड नम्बर १ स्थित भरत चौकमा रहेको उक्त एम्पोरियमले आफ्नो १८ औं वर्षमा प्रवेश गरेको अवसरमा विहीबार एक कार्यक्रमवीच बार्षिकोत्सव मनाएको हो। सो अवसरमा एम्पोरिएमले वार्षिकोत्सवको अवसरमा केक काटेर कर्मचारीहरुलाई सम्मान गरी भब्यताका साथ मनाएको छ।
कलैयाकै सबै भन्दा पुरानो र विश्वासिलो पसल रहेको प्रोपोराइटर सन्तोषकुमार स्वर्णकारले बताएका छन्।
उक्त एम्पोरिएमले स्थापनाकालदेखी नै दुई वटा कम्पनीका अधिकृत विक्रेता सहित नेपालको न.१ ब्रान्ड सैमसंग,हिमस्टार कम्पनी,एलजी कम्पनी,भिडियो कन,सैमसंग कम्पनीको टिभी,फ्रिज,वासिङ् मसिन,मोबाइल,पंखा,कुकर,राइस कुकर,मिक्स्चर,आईरन,एसि,यासुदा कम्पनीको सामान होलसेल तथा खुद्रा विक्री गर्दै आएको छ ।
यसैगरी उक्त एम्पोरिएम इलेक्ट्रोनिक समानहरु थोक तथा खुद्रा विक्रेता रहेका छन्। वार्षिकोत्सवको उपलक्ष्यमा सामानहरु खरिद गर्दा ३० प्रतिशत छुट गरिने प्रोपोराइटर स्वर्णकारले बताएका छन् ।
यस एम्पोरियमले ग्राहकको सेवामा निरन्तर काम गरिरहेको उनले बताए । उक्त कार्यक्रममा संजयकुमार स्वर्णकार,राकेशसाह सोनार तथा परिवार र कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो।


