वीरगञ्ज । लायन्स क्लब अफ संस्कृती गोल्ड वीरगन्जले वीरगन्ज कपडा बैंकलाई १० झोला कपडा सहयोग गरेको छ। लायन्स क्लब अफ संस्कृति गोल्डका अध्यक्ष रितिका जैसवालले वीरगञ्ज कपडा बैंकको कार्यालय पुगेर बैंकका अध्यक्ष लालबाबु सिंहलाई सो कपडा हस्तान्तरण गरेकी हुन्।
उक्त अवसरमा वीरगन्ज कपडा बैंकका सचिव कन्हैया पटेल,सदस्यद्वय निला राम,नवराज भट्टराई संस्कृति गोल्डका सदस्य नितु गुप्ता,एवं कर्मचारी शोभा देवि लगायतको उपस्थिति थियो।
उक्त अवसरमा वीरगन्ज कपडा बैंकले विगत केही वर्ष देखि दिन दुखी असहाय,आगलागी,बाढी पिडितहरुको घरदैलोमा पुगेर गरिरहेको निस्वार्थ सेवाभाव गरिरहेको भन्दै रितिकाले खुशी व्यक्त गरेकी हुन्। वीरगञ्ज कपडा बैंकको सुकार्यमा हातेमालो गर्न केही कपडाहरु लिएर आएको बताइन्।
बैंकका सल्लाहकार उपाध्यायले तपाई संग धेरै छ भने हामीलाइ दिएर जानुस र तपाईं संग छैन वा आवश्यकता छ भने हामी संग निशुल्क लियेर जानुस को मुलमन्त्रलाइ आत्मसात गरि कपडा बैंक सञ्चालन गरेको जनाए।
कोइ नाङ्गो नरहोस,सबैले नया नभए पनि सुकिलो कपडा लगाउन पाओस भनी वीरगन्ज –८ बाट दैनिक रुपमा र बाढी,आगलागी लगायत आपत बिपतको समयमा गाउँ गाउमा पिडितहरुको घर दैलोमा पुगेर कपडालत्ता को साथमा सक्दो खाद्यान्न लगायत का सहयोगहरु उपलब्ध गराइ सेवा गरिरहेको जानकारी दिए। नियमित रुपमा कपडा सहयोग गरेकोमा बैंकका तर्फबाट हार्दिक आभार धन्यवाद दिएका छन ।
गत आइतबार धोबिनी गाउपालिका ५ मा असेशर दासको घरमा चट्याङ लागेर आगलागी हुदा पुरै घर,लत्ताकपडा,गरगहना,नगद जलेर नष्ट भएको जनाए।
पीडित दासले वीरगन्ज कपडा बैंकलाई लत्ताकपडा,खाद्यान्न को साथै घर बनाउन सहयोग गरिदिन आग्रह गरेको जनाइएको हो। सर्ट पाइन्ट,टिसर्ट,हाफ पाईन्ट,कुर्ता सुरुवाल,कम्बल,शाल,जस्ता कपडाहरुको साथै खाद्यान्न एवं नगद सहयोग गर्न सम्पुर्ण मानवताप्रेमी सहयोगी हातहरुलाई सिंहले आग्रह गरे।


