Sajhedari Daily
Latest News from Nepal

जीतपुरमा लाग्दै आएको भैँसी बजार विस्तापित हुने संभावना

रञ्जन यादव/
देशमै जीतपुुरलाई भैसी बजारको नामले चिनाउँने भैँसी बजार जीतपुुरमा लाग्न छाडेको छ । जीतपुुरसिमरा उपमहानगरपालिकाको राजश्व सङकलनमा महत्वपुुर्ण योगदान दिई रहेका जीतपुुरको भैँसी बजार बिस्थापित हुुने सम्भावना बढेको छ । जीतपुुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा लाग्ने भैँसी बजारप्रति उपमहानगरपालिकाको कार्यालयले देखाएको गैह« जिम्मेवारीपनको प्रतिफल बजार सागुँरिदै सागुुरिदै बजार लाग्नै छाडेको छ ।

गत आर्थिक बर्षमा जीतपुुरको भैसीँ बजारको ठेक्का ३० लाख रुपैयामा लागेको थियो । हप्तामा सोमबार र शुुक्रबार दुुई दिन लाग्ने यो बजार भैसी ब्यपारीहरुको बारम्बारको आग्रहमा पनि पुुर्बधार निर्माणतर्फ उपमहानगरपालिकाको कार्यालयले चासो दिईएको पाईदैन ।

जीतपुुरमा भैँसी बजार लाग्न छाडेपनि उपमहानगरपालिका यस बिषयमा बेखबर रहेको छ । उपमहानगरपालिकाले कोरोना भाईरसको कारण बजार नलागेको होला भनेर प्रतिक्रिया दिईएको छ ।

बारम्बार भैँसी बजारको ठेक्का लिन आहवान गर्दा पनि कोही पनि सकार गर्न नआएको जीतपुुरसिमरा उपमहानगरपालिकाको प्रमुुख प्रशासकिय अधिकृत चेत कुुमार पोख्रेलले जानकारी दिए ।

तर यता भैँसी ब्यपारिहरुले उपमहानगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई भैँसी बजार लाग्ने बातारण बनाईदिन आहवान गर्दा पनि कहिल्यै पनि यो कुुरालाई गम्भिर रुपमा नलिएको पुुर्ब भैँसी बजारका ठेक्दार श्याम सिँहले दुुखेसो गर्नुुभयो । जीतपुुरमा राँगा र भैसि लिएर आउँने ब्यपारीलाई सुरक्षा र भैसि बजार लगाउँने ठाउँको अभावमा ब्यपारिहरु मुुख्य सड्कमै बजार लगाउँनुुपर्ने बाध्यताकारण पलायन भएको उनले आरोप लगाए ।

पुर्व भैसी ठेक्कदार सिँहले आक्रोसित हुुँदै भने मानौँ बजार गर्न आएका कुुनै ब्यपारिलाई दिसापिसाब आएमा कहाँ गर्न जाने सौचालयको अभाव छ ,पानी परेमा बजार कहाँ लगाउँने ठाउँ छैन , भैँसी लोड र अनलोड गर्ने पुुर्बधार छैन ,गाँडी पार्किङ गर्ने ठाउँ छैन् , भैँसी बजार सड्कमै लगाउँनुुपर्ने बाध्यता छ । हालमा जीतपुुरमा आउँने भैँसि ब्यपारिहरु आफना पशुुचौपाया लिएर परवानिपुुरको निजि हबिब अंसारीले लगाउँने गरेको बजारमा पुुग्ने गरेको ब्यपारिहरुले जनाएका छन् । जीतपुुरको ऐतिहासिक भैसि बजारलाई रणनितीकै अधारमा बिस्थापित गरिएको कतिपयको बुुझाई रहेको छ ।

जीतपुुरको भैँसी बजारबाट खरिद गरिएको राँगा ,भैसीँ देशको बिभिन्न ठाउँमा जान्ने गर्दथ्यो । काठमाडौँ उपत्यकाको कुुल मागको करिब ४० प्रतिशत माग यो बजारले परिपुुर्ति गर्दै आएको थियो ।