Sajhedari Daily
Latest News from Nepal

नक्कली ठेलीको प्रयोग गरी गिट्टी, बालुुवा निकासी गरेकोको भन्दै ,बिनोद साह निर्माण सेवा कम्पनीलाई कारवाही गर्न माग

रञ्जन यादब /
जीतपुुरसिमरा उपमहानगरपालिकाले नक्कली ठेलीको प्रयोग गरी गिट्टी, बालुुवा र ढुुङ्गाको निकासी गरेकोको आरोप लागेको बिनोद साह निर्माण सेवा कलैयालाई आवश्यक कार्वाहीको लागि प्रहरीमा पठाएको छ ।

उपमहानगरपालिकाको राजश्व शाखाले ठेक्कदार कम्पनीलाई आवश्यक कार्वाहीकोलागि जिल्ला प्रहरी कार्यालय बारा कलैया पठाएको जनाएको छ । बिनोद साह निर्माण सेवा कम्पनीको नाम लेखिएको गिट्टी,बालुुवा ,ढुुङ्गा निकासीको ठेलीमा उपमहानगरपालिकाको किर्ते छाप लगाई बिक्रि बितरण गरेको पाईएको छ। स्थानीय युुवा सरोकार समिति सिमरा बाराले ठेली काटीरहेकै समयमा एउटा नयाँ ठेल्ली र एउटा अर्धकटी ठेली बरामद गरेको थियो ।

बरामद ठेली सहित सरोकार समितिले आवश्यक कार्वाहीकोलागि उपमहानगरपालिकामा निबेदन दिएको उपमहानगरपालिकाको सुुचना अधिकारी राम शर्माले जानकारी दिएका छन । तर बिनोद साह निर्माण सेवाका सञ्चालक शेषनाथ साहले आफनो संस्थाको नाम बदनाम गर्ने उदेश्यले केही ब्यक्तिले जालझेल रचेको बताएका छन् । यता जीतपुुरसिमरा उपमहानगरपालिकाको राजश्व शाखा प्रमुुख पुुर्ण तिवारीले निबेदन परेको २४ घण्टा भित्र बिनोद साह निर्माण सेवा कलैयाका सञ्चालकलाई उपमहानगरपालिकामा बोलाएको बताएका छन् ।

विहिवार नै ठेली सहित आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा सिफारिस गरिएको शाखा प्रमुख तिवारीले बताए । यता उपमहानगरपालिकाको कार्यालयले नक्कली ठेल्लीको प्रयोग गरी रकम उठाईरहेको आरोप लागेको बिनोद साह निर्माण सेवालाई नै चालु आर्थिक बर्ष २०७७/०७८ का लागि १२ करोड ७६ लाख ७७ हजार ९ सय ९१ रुपैयामा पसाहा ,बालगंगा र दुुधौरा खोलाको ठेक्का दिईएको छ ।

दुुधौँरा ,बालगंगा र पसाहा खोलाबाट नदीजन्य पदार्थ संकलन र उत्खनन् कार्यको उपमहानगरपालिकाले आवहान गरेको बोलपत्र बढी अंक भारमा रकम साकार गरेका जयमाता दी कन्सट्रक्सन कलैयाले सम्झौता गर्न नआएपछि ,बोलपत्रको दोस्रो स्थानमा रहेका बिनोद साह निर्माण सेवालाई जिम्मा दिईएको राजश्व शाखाले जनाएको छ ।

जयमाता दी कन्सट्रक्सनले १४ करोड ४६लाख ७७ हजार ९ सय ९१ रुपैयामा ठेक्का कबुुल गरेको थियो । उपमहानगरपालिकाले जयमाता दी कन्सट्रक्सनको ७४ लाख रुपैया बैँक ग्यारेन्टी जफत गरेको छ ।