रौतहटमा युवाहरूको समुहले लेखापाल गौतमलाई दले कालोमोसो

Om Prakash Yadav
355 पाठक संख्या

रौतहट । रौतहटमा एकजना लेखापाललाई युवाहरुको समुहले कालोमोसो दलेका छन्।

युवाहरुको समूहले पूर्वाधार विकास कार्यालय, सडक डिभिजन कार्यालय, भू संरक्षण तथा पर्यटन कार्यालय रौतहटका लेखापाल सुदिप गौतमलाई कालोमोसो दलेका हुन् ।

भ्रष्टाचारको आरोप लगाउँदै लेखापाल गौतमलाई कालोमोसो दलेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। चन्द्रपुरस्थित रहेको गौतम होटलमा बसेर मदिरा सेवन गरिरहेको बेला युवाहरूले उनलाई घेराउ गर्दै अनुहारमा कालोमोसो दलेको भिडियोमा देखिन्छ ।

भ्रष्टाचारीलाई कडा सजाय दिनुपर्छ भन्दै सो समूहले लेखापाल गौतमको अनुहारमा कालोमोसो दलेका छन् । चार वटा सरकारी कार्यालयको एकैसाथ जिम्मेवारी सम्हालेर गौतम सरकारी रकममा ब्रहमलुट मच्चाउँदै आएको उनीहरूको आरोप छ।

हरेक भुक्तानीमा खुलेआम घुस माग्ने, कमिसन दिनको चेक बनाउने र कमिसन नदिनेलाई विभिन्न बहानामा चेक बनाउने आलटाल गर्ने गरेका कारण बाध्य भएर गौतमलाई कालोमोसो दलेको उनिहरुले बताएका छन्।

होटलमा रक्सी खाइरहेको अवस्थामा गौतमलाई युवाहरुले कालोमोसो दलेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।

Leave a review

This will close in 0 seconds