Sajhedari Daily
Latest News from Nepal

बिश्रामपुर गाउँपालिकामा १० सैयाको आधारभुत अस्पतालको शिलान्यास

रबिन्द्र प्रसाद साह /
बिश्रामपुर गाउँपालिकामा सोमवार १० सैयाको आधारभुत अस्पतालको शिलान्यास गरिएको छ। ग्रामीण क्षेत्रमा स्वास्थ्य संस्थाको पहुँच पुर्याउने संघीय सरकारको कार्यक्रम अन्तर्गत उक्त अस्पतालको शिलान्यस गरिएको छ ।

कुल रु. १० करोड ८३ लाख ३६ हजारको लगानीमा १० सैयाको आधारभुत अस्पताल १४ कठ्ठा जग्गामा निर्माण कार्यको हुने भएको छ ।

अस्पतालको गाउँपालिकाका अध्यक्ष अमिरिलाल राउत पालले गरेका शिलान्यास गरेका थिए । उद्घाटन कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष सुमिन्त्रादेवी, प्रमुख प्रशासकीय अधिकृत सुनिल प्रसाद केशरी, नेकपाका नेता कौशल किशोर सिंह, वडाअध्यक्षहरु, गाउँपालिकाका विभिन्न शाखाका शाखा प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।