Sajhedari Daily
Latest News from Nepal

सरकार जनताको पिर मर्का आवयकता प्रति पटक्कै चिन्तनशिल छैन -सहमहामन्त्री महत

राम मण्डल /
नेपाली काँग्रेस सहमहामन्त्री डा.प्रकाश शरण महतले कोरोना महामारीमा सरकारले २० अर्ब खर्च गरेको सार्वजनिक भईरहेकोले उक्त खर्च कहाँ गयो भन्ने कुरा कसैलाई थाहा नभएको बताएका छन ।

पर्साको वीरगञ्जमा पत्रकारहरुसित कुरा गदै काँग्रेस महामन्त्री महतले सरकार भ्रष्टाचार गर्नमा मात्रै केन्द्रित रहेको र जनताको सुबिधाको लागि ध्यान नदिएको बताएका छन ।

उनले कोभिड भएका बिरामीहरुले पाउने आधारभुत स्वास्थ्य सेवाबाट पनि सरकारले बञ्चित गर्न कोशिस गरेको वताए । सरकार जनताको पिर मर्का आवयकता प्रति पटक्कै चिन्तनशिल नभएको महतले जिकिर गरे । बर्तमान सरकार निर्बाचित सरकारको ईतिहासमा सबै भन्दा गैर जिम्मेवार,भ्रष्टाचारले युक्त सरकार भएको उनको कथन थियो ।

बिपक्षी दलको भुमिकाको बारेमा बोल्दै नेता महतले सुन काण्डदेखि लिएर प्रिन्टिङ प्रेस,नारायणहिटीको स्रोत साधान दुरुपयोग,ओम्नी काण्ड, जि टु जी लगायतका भ्रष्टाचारका बारेमा सँसद र बाहिर पनि नेपाली काँग्रेसले लागतार आवाज उठाउदै आएको स्पष्ट पारेका छन ।

पुर्व मन्त्री समेत रहेका महतले संसद चालु अवस्थामा नरहेकाले सरकारलाई काँग्रेसले प्रश्न नगरिरहेको तर, सँसद चालु भएपछि सरकारसित भ्रष्टाचारको बारेमा पार्टीले आवाज उठाउने जनाए ।

उनले अब काँग्रेसले भ्रष्ट सरकारले बिरुद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका थिए । पैसा छैन भन्ने कम्युनिष्ट सरकारले आफना पार्टीका नेताहरुको ब्यावस्थापनको लागि एनजिओलाई अर्बो रुपैया बितरण गरेको नेता महतको आरोप छ ।