उत्पादित तेल गुणस्तरहीन भएको भन्दै  कैलाश धारा तेल मिल सिल

साझेदारी दैनिक
645 पाठक संख्या

रञ्जन यादब /
उत्पादित तेल गुुणस्तरहीन भएको भन्दै बारा स्थित कैलाश धारा तेल मिल उद्योग सिल गरिएको छ ।जितपुुरसिमरा उपमहानगरपालिका वडा नं.२२ अम्लेखगंजमा रहेको उद्योगमा गुुणस्तर र प्रशासन कार्यालयले संयुुक्त रुपमा अनुुगमन गरेको छ ।

अनुुगमनको क्रममा उद्योगले उत्पादन गरेको ‘त्रिदेव’ ब्रान्ड नामको तेल गुुणस्तरहिन देखिएकाले उद्योग शिल गरी तेल बिक्रिबितरणमा प्रतिबन्ध लगाएको छ ।सर्वसाधारणको गुनासोका आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रादेशिक कार्यालय जनकपुर, उपभोक्ता हित संरक्षण मञ्च र स्थानीय प्रशासनको रोहबरमा तेल मिलमा अनुगमन गरिएको थियो ।

अनुुगमन गर्दा तोरीको तेल भनेर अखाद्य, मिसावटयुक्त र दुर्गन्धसमेत भएको तेल बिक्री गरेको भेटिएको छ ।जिल्ला प्रशासन कार्यालय नवलपरासीले केही दिनअघि त्यही कम्पनीको ७ सय कार्टुन तेल नष्ट गरेको थियो ।

रौतहट ठेगाना भएका अशोक कुमार यादव सञ्चालक रहेको सो तेल उद्योगमा ४ सय २७ कार्टुन प्याकिङ तेल, बाहिर पाकिङमा गरी राखिएको पेट्रोलियम ट्यांकर, अन्य प्याकिङ गर्न बाँकी सयौं लिटर तेल बरामद भएको छ।

झण्डै ४ वर्षदेखि सञ्चालनमा रहेको यो उद्योगले तोरीको भनी मिसावटयुक्त अखाद्य तेल बिक्री गर्दै आएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रादेशिक कार्यालयका प्रमुख विजय खनालले अखाद्य तेल बेच्नेलाई नमुना परीक्षण प्रतिवेदनका आधारमा तत्कालै कारबाहीको दायरामा ल्याउने बताउँनुुभयो ।

Leave a review

This will close in 0 seconds