वीरगञ्ज : पर्साको वीरगञ्ज क्षेत्रमा रहेका पाउरोटी तथा बेकरी उद्योगहरुमा वीरगन्ज महानगरको कार्यालयले मंगलबार अनुगमन गरेको छ । महानगरपालिकाको टोलीले उद्योगहरुमा अनुगमन गर्दा म्याद गुज्रीएका, फोहोर तथा खान अयोग्य केक, पाउरोटीहरु फेला परेको हो ।
वीरगन्ज–८ पानीट्यांकी स्थित शक्तिमान बेकरी एण्ड फुड प्रोडक्ट्स, वीरगन्ज–११ रानिघाटस्थित शीला बेकरी उद्योग र लक्की पाउरोटी उद्योगमा महानगरको बजार अनुगमन टोलीले पुगेर छड्के अनुगमन हो ।
यी उद्योगहरुमा अनुगमन गर्दा म्याद गुज्रिएका पाउरोटी, केक, बर्फी , दुनोटहरु फेला परेको,मूल्य सूँची नटाँगिएको साथै मैदा मुछ्ने भाँडा र ठाँउ फोहोर भेटिएको महानगरपालिकाको खाद्य अनुसन्धान अधिकृत विभा मिश्राले बताएकी छिन । टोलीले म्याद गुज्रिएका ती सबै वस्तुहरु जफत गरी नष्ट गरिएको मिश्राले बताइन् ।
धेरैजसो उद्योगहरुले महानगरपालिकाको कार्यालयमा कानुनी रुपमा संचालनका लागि व्यवसाय दर्ता नगरेका र नविकरण पनि नगरेको भेटिएको भन्दै अनुगमन टोलीले उद्योगका सञ्चालकलाई ७ दिनभित्र महानगरपालिकाको कार्यालयमा सम्पर्क गरेर आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ ।
महानगरको बजार अनुगमन टिमसंग नुगमन टोलीमा उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साका अध्यक्ष अजित भुजेल, वीरगन्ज उद्योग वाणिज्य संघका सचिव मनोज कुमार दासका वीरगन्ज् होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्त, जिल्ला प्रहरी कार्यालय पर्साका प्रतिनिधि,महानगरपालिकाद्धारा गठित अनुगमन समितिकि सदस्य नेहा मिश्रा लगायतको सहभागीता रहेको थियो ।

