श्रीकृष्ण प्रणामी मन्दिर औराहा सिमरामा धर्म महामहोत्सव २०८३ हुदै

संदिप प्रसाद यादव
359 पाठक संख्या

सिमरा : श्रीकृष्ण प्रणामी मन्दिर औराहा सिमरामा “श्री कृष्ण प्रणामी धर्म महामहोत्सव २०८३”, “श्री १२५ तारतम सागर ब्रह्मवाणी पाठ पारायण” तथा “श्रीमद्भागवत कथा ज्ञान महायज्ञ” आयोजना गर्ने निर्णय गरिएको छ।

नवनिर्मित मन्दिरको कलश अनावरणसहित समुद्घाटन कार्यक्रमको अवसरमा आगामी २०८३ साल मंसिर ४ गतेदेखि १० गतेसम्म सप्ताहव्यापी रूपमा उक्त कार्यक्रम संचालन गरिने निणर्य भएको हो ।

उक्त धार्मिक महोत्सवलाई सफल बनाउन साहित्याचार्य श्री जनार्दन महाराजज्यूको संयोजकत्वमा ५०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको आयोजकले जनाएको छ।

मन्दिर परिसरमा सम्पन्न मुल आयोजक समितिमा वैठकमा मन्दिरका संरक्षक साहित्याचार्य श्री जनार्दन जी महाराज, विदुषी श्री उषा माताजी, श्री कृष्ण प्रणामी सेवा समिति नेपाल का केन्द्रीय उपाध्यक्ष श्री रामाज्ञा प्रसाद साह, श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल का केन्द्रीय अध्यक्ष श्री कौशल फुयाल, सेवा समिति बारा–पर्साका अध्यक्ष श्री अर्जुन घिमिरे, जीतपुरसिमरा उप–महानगरपालिका का नगर प्रमुख राजन पौडेल, वडा नं. ४ का वडा अध्यक्ष भोजबहादुर खत्री लगायत समाजसेवी, बुद्धिजीवी र भक्तजनहरूको उल्लेखनीय उपस्थितिमा थियो ।

Leave a review