कलैया । बाराको सदरमुकाम कलैया उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित बाल एकता बोर्डिङ स्कुल +२ विज्ञान तथा म्यानेजमेन्टले आफ्नो ३४ औं बार्षिकोत्सव तथा अभिभावक दिवस भब्यताका साथ मनाएको छ । बिधालयको प्राङ्गणमा आज एक कार्यक्रमका बीच आफ्नो ३४ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
बिधालय व्यवस्थापन समितिका कार्यकारी अध्यक्ष भोला साह सोनारको अध्यक्षतामा भएको कार्यक्रमको कलैया उपमहानगरपालिका का प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंहले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गरेका थिए । सो कार्यक्रममा राम राजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख निवेश तिमल्सिना,नेल्टा बाराका सचिव तेजिलाल साह लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
सोही कार्यक्रमबीच बाल एकता स्कुलमा पाँच वर्ष भन्दा बढी समयदेखि काम गर्दै आएको २४ जना कर्मचारी तथा शिक्षकहरुलाइ कदर पत्रसहित सम्मान गरिएको बिधालय प्रबन्ध निर्देशक सुमोध कुमार सरार्फले जानकारी दिएका छन् ।
उनका अनुसार मन्जु देवी,मनिता रोक्का,कृष्ण पण्डित,जया पोखरेल,गिता यादव,संगिता बराल,सुजिता साह,वर्षा भट्टराई,दुर्गा कर्ण,रेखा कर्ण,गिता भट्टराई,उर्मिला उपाध्याय,सुनिल दास बनिया,दिपेन्द्र श्रीवास्तव,विपिन यादव,संजय चौधरी,पारसनाथ चौधरी,प्रिन्स कुमार सिंह,महन्त ठाकुर,जलिम अख्तर,मधु गौतम,नरेन्द्र कुमार निधी,रामबाबु साह र आस महम्मद मंसुर सम्मानित भएका हुन् ।
सो वार्षिकोत्सबको अवसरमा विधालयले होलि नृत्य लगायत विभिन्न किसिमको प्रस्तुत गरिएक थियो । उक्त कार्यक्रममा विधालय व्यवस्थापन समितिका कार्यकारी उपाध्यक्ष संतोष कुमार सरार्फ,कलैया उपमहानगरपालिका शिक्षा तथा महाशाखाका अधिकृत राजिव यादव,विधालयका सहायक निर्देशक संगिता सरार्फ,छात्रावासका निर्देशक छाँया सरार्फ,प्लस २ का संयोजक प्रिन्स कुमार सिंह,सेकेन्डरी समन्वयक प्रशान्त सरार्फ, प्राइमरी समन्वयक आदर्श, अनुशासन इन्चार्ज कुन्दन,लेखा प्रमुख जामिल अख्तर,जनमत पार्टीका केन्द्रिय बिकाश कुमार सिंह, सनराईज कोचिङ तथा कम्प्युटर सेन्टरका फाउण्डर प्रिन्सिपल तथा डाईरेक्टर सन्तोषकुमार साहसहित अभिभावक एवम शिक्षाप्रेमीहरु लगायतको उपस्थिति रहेको थियो । बिधालयका प्रबन्ध निर्देशक सुमोध कुमार सरार्फले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन अनुज श्रीवास्तवले गरेका थिए ।


