नाबालिकामाथि अनैतिक गतिविधि गर्दै गर्दा बारामा एक वृद्ध पक्राउ

साझेदारी डेलि
411 पाठक संख्या

कलैया । ईलाका प्रहरी कार्यालय सिमराले १३ वर्षीया नाबालिकामाथि अनैतिक कार्य गरेको आरोपमा एक जना वृद्धलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुर टोलमा बस्ने अन्दाजी ७० लकिचन्द साह कलवार रहेका छन्। प्रहरीले गएराति कलवारको पसलबाट उनलाई पक्राउ गरेको हो।

उक्त कलवारलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको सिमराका प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीले जानकारी दिएका छन् ।

Leave a review