हुलाकी राजमार्ग मुआब्जा विवरण उपलब्ध गराउन सांसद अरविन्द साहको पत्र

साझेदारी डेलि
211 पाठक संख्या

कलैया । बारा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य ई. अरविन्द साहले हुलाकी राजमार्ग निर्माणका क्रममा वितरण गरिएको मुआब्जाको विस्तृत विवरण माग गरेका छन्।

सांसद साहले बाराका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै आर्थिक वर्ष २०८०/८१ देखि हालसम्मको मुआब्जा वितरणको विवरण अध्ययनका लागि आवश्यक रहेको बताएका छन्।

उनले मुआब्जा पाउने व्यक्तिको नाम, सम्पर्क नम्बर, जग्गाको क्षेत्रफल, घरको किसिम, सिफारिस गर्ने कर्मचारीको विवरण र भुक्तानी भएको रकम खुल्ने गरी १४ वटा बुँदामा आधारित तथ्याङ्क माग गर्नुभएको हो।

सांसद साहले उक्त विवरणहरू तालिकाबद्ध रूपमा एक्सेल सिटमा तयार गरी आगामी चैत्र ३० गतेभित्र आफ्नो आधिकारिक इमेलमा उपलब्ध गराइदिन अनुरोध गरेका छन्।

विशेषगरी मुआब्जा वितरण प्रक्रियामा पारदर्शिता कायम गर्न र वास्तविक पीडितले उचित मुआब्जा पाए/नपाएको अध्ययन गर्न यो विवरण माग गरिएको बुझिएको छ।

पत्रमा नापी गर्ने अमिनदेखि भुक्तानी दिने मितिसम्मको स्पष्ट रेकर्ड माग गरिएको छ । आयोजनाको पछिल्लो अवस्था र मुआब्जा व्यवस्थापनको यथार्थ चित्र सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

Leave a review