बारा । बाराको आदर्श कोतवाल गाउँपालिका-७ कोतवाली बेल्वामा करेन्ट लागेर एक ६० वर्षीय पुरुषको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहिवार बिहान करिब १०ः४० बजे स्थानीय ६० वर्षीय गणेश महतो कोईरीले बिजुलीको पोलमा बत्ती बाल्न हुक लगाउने क्रममा हुकको तार विद्युत्को तारमा अल्झिएर अर्को तार उनको शरीरमा खसेपछि करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएका महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। उपचारका क्रममा अस्पतालमा चिकित्सकले ईसिजी परीक्षण गरी दिउँसो १२ः०५ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन् ।
।
प्रवक्ता घलेका अनुसार मृतकको शव प्रादेशिक अस्पताल कलैयामै रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जानकारि प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय महेन्द्र जयनगरबाट प्रहरी सहायक निरीक्षक पुजई महराको कमाण्डमा टोली खटीएको थियो ।


