Sajhedari Daily
Latest News from Nepal

उपभोक्तहरुको आवश्यकतालाई मध्यनजर गर्दै कोल्हवीमा तामागढी मार्ट संचालन

कोल्हवी, १५ बैशाख
तामागढी गु्रपले बाराको कोल्हवी नगरपालिका वडा नम्बर १ कोल्हवी बजारमा तामागढी मार्ट (सहकारी पसल) संचालनमा ल्याएको छ ।
तामागढी ग्रुपको तामागढी वहुउदेश्य सहकारी संस्था कोल्हवीले उक्त सहकारी पसल संचालन गरेको हो । तामागढी मार्टको बुधवार एक कार्यक्रमकावीच कोल्हवी नगरपालिकाका नगर प्रमुख भरत बहादुर भण्डारीले उद्घाटन गरेका हुन ।
तामागढी गु्रपले यस भेगका सर्बसाधारण जनताहरुलाइ बिगत लामो समय देखि विभिन्न बित्तीय सेवाहरु तामागढी बचत तथा ऋण सहकारी संस्थाद्वारा प्रदान गरेको छ । तामागढी बहुउद्देश्यीय सहकारी संस्था लि कोल्हबी बाराको प्रयासमा अहिले तामागढी मार्ट ( सहकारी सस्तो पसल)पनि कोल्हबी –१ बारामा संचालन गरिएको छ ।
तामागढी बहुउद्देश्यीय सहकारी संस्था उपाध्यक्ष चिन्तामणि प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा उपमेयर सुनैनादेवी थरुनी, वडा नम्बर १ का वडाअध्यक्ष वीरेन्द्र प्रसाद चौधरी, तामागढी साकोसका मुख्य प्रबन्धक बासुदेव रिमाल, कोल्हवी उद्योग बाणिज्य संघका अध्यक्ष महेश साह लगायत नागरिक समाज, समाजसेवी, सुरक्षाकर्मी तथा संचारकर्मीहरुको समेत सहभागिता रहेको थियो ।
सो क्षेत्रका उपभोक्ताहरुलाई सहुलियत दररेटमा एकै ठाउबाट सवै खाले सेवा दिने उदेश्यले उक्त मार्ट(सहकारी पसल) संचालन गरिएको सहकारीका उपाध्यक्ष चौधरीले बताएका छन । उनले नगरपालिकाका अन्य स्थानहरुमा पनि मार्टको शाखा विस्तार गरिने उपाध्यक्ष चौधरीले बताए ।
एकैठाउबाट सवै किसिमको सेवाहरु सहुलियत दरमा पाउने भएपछि शेयरधनी तथा नगरबासीहरु खुसी भएको तामागढी साकोसका उमेश सापकोटाले बताएका छन ।

Comments are closed.

error: Content is protected !!