पर्सा र रौतहटमा चार जनामा कोरोना पुष्टि

साझेदारी दैनिक
721 पाठक संख्या

वीरगञ्जको नारायणी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा थप चार जनामा कोरोना पुष्टि भएको छ ।

अस्पतालको प्रयोगशालामा सोमबार गरिएको परिक्षणमा थप चार जनामा कोरोना पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिँहले जानकारी दिएका छन ।

संक्रमण देखिनेमा पर्साका ३ जना र रौतहटका एक जना रहेको डा.सिंहले बताए ।

सँक्रमण देखिनेमा १० देखि ५४ बर्ष उमेर समुहका दुई जना पुरुष र दुई जना महिलाहरु रहेका छन ।

अस्पतालको प्रयोगशालामा कुल ५४ जनाको कोरोना परिक्षण गरिएको अस्पतालले जनाएको छ ।

Leave a review

This will close in 0 seconds