कलैया : कलैया स्थित रंगपुरमा रहेको यादव आईस एण्ड कोल्ड स्टोरेज उधोगको प्रारम्भिक वातावरणीय परिक्षण आई.ई.ई प्रतिवेदन तयारी सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
बाराको कलैया उपमहानगरपालिका –७ रंगपुरमा लामो समयदेखि स्थापना भई संचालनमा रहेको कोल्ड स्टोरेज उधोगको लागि आवश्यक पर्ने प्रारम्भिक वातावरणीय परिक्षण आई.इ.ई प्रतिवेदन तयारी सम्बन्धि सार्वजनिक सुनुवाई सो उधोगको परिसरमा आइतबार एक कार्यक्रम बीच सम्पन्न भएको हो ।
उधोगका संचालक रबिन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा कलैया उपमहानगरपालिका –७ का वडा अध्यक्ष सैफुल्लाह मियाको विशेष उपस्थिति रहेका थियो ।
कार्यक्रममा सहभागी स्थानीय किसान तैयब अन्सारीका अनुसार यस क्षेत्रको प्राकृतिक भौतिक वातारण,जैविक वातावरण लगायत अन्य वातावरणमा यस उद्योगले नकारात्मक असर नपरेको बताएका छन् ।
यो उद्योगको निर्माण भई संचालन हुँदा स्थानीय स्तरमा रोजगारीको अवसर श्रृजना,आर्थिक गतिविधिमा वृद्धि,यो ठाउँ शहरीकरणतर्फ उन्मुख हुने जस्ता सकारात्मक प्रभाव बढी रहेको अन्सारीले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कलैया उपमहानगरपालिका वडा नम्बर ७ का वार्ड अध्यक्ष सैफुल्लाह मियाले कोल्ड स्टोरमा किसानहरुले सजिलै रुपमा विऊ प्रयोजनका लािग आलु, फलफुल, चाना जस्ता सामाग्री भण्डारण गर्न सहज पु-याउन बताएका छन ।
स्थानीयबासीहरुलाई रोजगारीको अवसर पनि पाएकको उनले बताए । कोल्ड स्टोरमा ब्यापारीहरुले फलफूलहरु भण्डारण गर्दा बजारमा ताजा फलफूल पनि पाईएको उनले बताए ।
सो कोल्ड स्टोरले किसानहरुलाई बढी सेवा दिएको समेत उनले बताए । उद्योगको हरियाली प्रबर्द्धनको लागी उद्योगको खाली जग्गामा विभिन्न प्रजातिको विरुवाको वृक्षारोपण गर्नुका साथै वरिपरि रहेको सार्वजनिक पर्ती,ऐलानी,मठ,मन्दिर,विभिन्न संघ र संस्थाको जग्गामा वृक्षारोपण गर्नको लागी एक सय वटा विरुवा निःशुल्क प्रति वर्ष उपलब्ध गराउने कोल्ड स्टोरका संचालक रबिन्द्र प्रसाद यादवले जानकारी दिएका छन् ।
उक्त कार्यक्रममा कलैया उपमहानगरपालिकाका पुर्व नगरप्रमुख एवम् नेपाली कांग्रेस पार्टी बाराका जिल्ला सभापति राजेश राय यादव,कलैया उपमहानगरपालिका का प्रशासन शाखाका सैलेश कुमार महतो, कलैया–७ स्वास्थ्य चौकीका प्रमुख निरज पाण्डे,दुर्गा नमुना स्कुलका शिक्षक सिकेन्द्र अन्सारी,शिव शक्ति कोल्ड स्टोरका संचालक हरि प्रवेश यादव,अनिल पटेल,किसान, वार्डबासी,व्यापारीहरु लगायतको उपस्थिति रहेको थियोे ।
सो कार्यक्रमको संचालन बलिराम यादवलेले गरेका थिए ।

