कोल्हवी नगरपालिकाको सवै वडाहरुमा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न

साझेदारी दैनिक
943 पाठक संख्या

कोल्हवी, ३० कार्तिक
बाराको कोल्हवी नगरपालिकाको सवै वडाहरुमा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ ।
कोल्हवी नगरपालिकामा रहेको ११ वटै वडा अधिवेशन बाट चयन नयाँ समिति चयन भएको छ । सोमवार सम्पन्न अधिवेशनले सवै वडाहरुमा सर्वसम्मत रुपमा समिति चयन भएको हो ।
अधिवेशनले कोल्हवी नगरपालिका वडा नम्बर १ मा रामसेवक चौधरी, वडा नम्बर २ मा हरिमाया तमाङ, वडा नम्बर ३ मा केशवप्रसाद चौधरी, वडा नम्बर ४ रामबाबु चौधरी, वडा नम्बर ५ मा राजेश्वर प्रसाद चौधरी वडा सभापति चयन भएका छन ।
यसैगरी अधिवेशनबाट कोल्हवी वडा नम्बर ६ मा दिनेश प्रसाद चौधरी, वडा नम्बर ७ मा वृजु चौधरी, वडा नम्बर ८ गंगा प्रसाद कोईराला, वडा नम्बर ९ मा देवनारायण खाँ थारु, वडा नम्बर १० मा सुरेशबावु चौधरी र वडा नम्बर ११ राधिकादेवी चौधरी वडा सभापति चयन गरिएको नगरसभापति वीरेन्द्र प्रसाद चौधरीले जानकारी दिएका छन ।

Leave a review