कलैया उपमहानगरपालिकामा कुनै भष्टचार नगर्ने – नगरप्रमुख साह

साझेदारी दैनिक
616 पाठक संख्या

कलैया उपमहानगरपालिकाका नगरप्रमुख बिनोद साहले आफु नगरपालिकामा कुनै भष्टचार नगर्ने बताउनु भएको छ ।

बाराको कलैयामा साझेदारी राष्ट्रिय दैनिक पत्रिकाद्धारा आयोजित तिनदिने पत्रकारिता तालिमको शुक्रबार उद्धघाटन गर्दै प्रमुख अतिथि समेत रहेका साहले सो कुरा बताउनु भएको हो ।

महिला पत्रकारिताको बिकास गर्ने उद्धेश्यले आयोजित तालिमले दक्ष्य पत्रकार उत्पादन गरोस भन्ने शुभकामना दिदै नगरप्रमुख साहले अनेष्ट इज द बेस्ट पोलिसी मानेर आफुले काम गरी रहेको बताउनु भयो ।

पत्रिकाका प्रकाशक श्यामबाबु यादबको अध्यक्षतामा भएको तालिम उद्धघाटन कार्यक्रममा बाराका ५५ महिला पत्रकारहरु सहभागी रहेका छन् ।

तालिमको प्रशिक्षकमा पत्रकार महासंघ बाराका पुर्व अध्यक्ष गुरुप्रसाद गौतम रहेका छन् । साझेदारीराष्ट्रिय दैनिक पत्रिकाको ८औ बार्षिकोत्सवको अबसरमा सो तालिमको आयोजना भएको हो ।

 

Leave a review

This will close in 0 seconds