वागमतीलाई हराउँदै बीरगञ्जयूनाईटेड क्वाटरफाइनलमा

साझेदारी दैनिक
452 पाठक संख्या

रञ्जन यादब/
बीरगञ्ज यूनाईटेड क्लबले वागमती यूवा क्लबलाई हराउँदै सिमरामा जारी जगदम्बा १३ र्औं जीतपुरसिमरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रवार भएको खेलमा बीरगञ्ज यूनाईटेड क्लबले वागमती यूवाक्लबलाई ३–० ले हराएको हो । वीरगञ्जको जीतमाविवेक चौधरीले दुई तथा कृपा चौधरीले एक गोल गरे ।

पहिलो हाफ बराबरी खेलेको बागमतीविरुद्ध दोश्रो हाफमा वीरगञ्ज हावी भयो । बागमतीविरुद्ध खेलको ५४ औं मिनटमा विवेक चौधरीले अग्रता लिए ।

वागमतीका गोलरक्षक रविन बस्नेतको गल्तीको फाइदा उठाउँदै वीरगञ्जका विवेक चौधरीले खाता खोले । डि एरिया छाडेर अघि बढेका गोलरक्षकलाई विट गर्दै विवेकले बललाई डि एर्यिा बाहिरैबाट गोलपोष्टको दिशादिएका थिए ।

१–० ले पछि परेको बागमती सम्हालिन नपाउँदै वीरगञ्जका कृपा चौधरीले अग्रता दोब्बर पारे । खेलको ५६ औं मिनटमा विवेक चौधरीको क्रसबललाई कृपाले गोलमा परिणत गरे । खेल अवधिभरनै विवेक र कृपाको तालमेल उत्कृष्ट देखिन्थ्यो ।

खेलको ८४ औं मिनटमा विवेकले व्यक्तिगत दोश्रो गोल गर्दै वीरगञ्जलाई ३–० को फराकिलो अग्रता सहित जीत निकाल्न सफल भए ।

वीरगञ्जको जीतमा दुई गोल गरेका विवेक चौधरी खेलको म्यान अफ दि म्याच घोषित भएका छन् । उनले १० हजार नगद र ट्रफि हातपारका छन् । प्रतियोगिताअन्तर्गत पहिलो क्वाटरफाइनल खेलमा शनिबार केविए ग्लोबल भरतपुर फुटबल क्लब र मकवानपुर ११ विच प्रतिस्पर्दा हुनेछ । भरतपुरले उद्घाटन खेलमा आयोजकलाई पराजितगर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

Leave a review

This will close in 0 seconds