उपराष्टपति यादवलाई करैयामाईमा भब्य स्वागत

साझेदारी दैनिक
532 पाठक संख्या

धिरेन्द्र पनुहर/

बाराको करैयामाई गाउँपालिकाको आयोजनामा सोमबार गणतन्त्र नेपालको तेस्रो उपराष्टपति रामसहाय प्रसाद यादवलाई करैयामाइमा एक कार्यक्रमको बिच भब्य स्वागत गरेको छ ।

करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भु प्रसाद यादवको सभापतित्वमा भएको स्वागत कार्यक्रमको प्रमुख अतिथि उपराष्टपति रामसहाय प्रसाद यादव बिशिस्ट अतिथि प्रदेश सभा सदस्य शारदाशंकर साह कलवार गाउँपालिकाकी उपाध्यक्ष सुनैना चौधरी,मधेश प्रदेश पुर्व अर्थ राज्य मन्त्री उषा यादव, गापा पुर्व अध्यक्ष भुनेश्वर धामी,मन्जारुल अन्सारी,नारायण यादव ,करैयामाई गापाका प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र महतो, वाड न १ देखि ८ सम्मका वडा अध्यक्षहरु कार्यपालिका सदस्य दिपक पासवान,सुरेन्द्र साह यस पालिकामा कार्यरत कर्मचारीहरु गाउँपालिका भित्र रहेका विभिन्न बिधालयका शिक्षक शिक्षिका र बिद्यार्थी विभिन्न राजनितिक दलका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

उपराष्टपति यादवलाई करैयामाइ मन्दिरको प्रवेश द्वार देखि मन्दिर सम्म लाइनबद्ध रहि फुलमालाले स्वागत गरेका थिए। करैयामाई मन्दिरमा पुजा गरे पछि स्वागत र सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका उपराष्टपति यादवले मलाई यो ठाउँसम्म पुर्याउनु हुने सम्पुर्ण जनतालाई धन्यवाद दिदै करैयामाइ गाउँपालिका बासिहरुको महत्त्वपूर्ण भुमिका रहेको बताउनु भयो।

आफुलाई यस क्षेत्रका जनताहरुले पहिला एक पटक समानुपातिक र दुई पटक प्रत्यक्ष चुनावमा निर्वाचित गराएर आज एउटा समान्य किसान परिवारका सदस्यलाई यो ओहदासम्म पुर्याएकोमा यसको स्रेह तपाइँहरुको नै हो भनेर बताउनु भयो।

देशमा कायापलट गर्ने कार्यमा आफु हरपल लागि परेको बताउनु भयो। करैयामाई गा पा शिक्षा र स्वास्थमा पछाडि परेकोले सम्बन्धित निकायलाई यसमा जोड दिन निर्देशन दिनु भयो।

जबसम्म ब्यतिm शिक्षित हुदैन तबसम्म उसको जिवनको स्तरमा वृद्धि हुदैन त्यसकारण शिक्षामा जोड दिन सबैको कर्तव्य हो भनेर बताउनु भयो। कार्यक्रममा स्वागत मन्तव्य कार्यपालिका सदस्य सुरेन्द्र साहले गर्नु भएको थियो भने संचालन सोनालाल साहको रहेको थियो।

 

Leave a review

This will close in 0 seconds