बारा २ को उपनिर्वाचनमा २४ जना स्वतन्त्रले दिए उम्मेदवारी

साझेदारी दैनिक
443 पाठक संख्या

सन्दीप यादव/

बारा निर्वाचन क्षेत्र २ मा वैशाख १० हुने उपनिर्वाचनका लागि सोमवार भएको मनोनयन दर्तामा आज भएको उम्मेदवारी दर्तामा ३६ जनाले दर्ता गराएका मध्ये २४ जना स्वतन्त्र रहेका छन् ।

कलैया स्थित जिल्ला समन्वय समितिको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा भएको मनोनयनमा दलहरूकोतर्फबाट १२ जना र स्वतन्त्र २४ गरी ३६ जनाको उमेदवारी परेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज कुमार चौधरीले जानकारी दिएका छन् ।

उमेदवारी दर्ताका लागि बिहान १० बजे बेलुका ५ बजेसम्मको समय तोकिएको थियो । बैशाख १० गते हुने उपनिर्वाचनको लागि बारा –२ मा २८७ जना मतदाता थपिएका छन् । यसअघि मङ्सिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा सो क्षेत्रमा १ लाख ५ हजार ११ मतदाता रहेका थिए । जसमा पुरुष ५८ हजार ७४९ र महिला ४६ हजार २६२ थिए भने हाल १ लाख ५ हजार २९८ मतदाता रहेका छन् ।

मङ्सिर ४ गते भएको निर्वाचनलाई नै आधार मानेर निर्वाचन कार्यालय बाराले यस पटक पनि ८२ मतदान स्थल र १३७ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख चौधरीले जानकारी दिएका छन् ।

Leave a review

This will close in 0 seconds