चिसो बढेपछि जाडो बिदा थपियो

राम मण्डल
439 पाठक संख्या

वीरगञ्ज महानगरका विद्यालयमा जाडो बिदा थपिएको छ ।

चिसो बढेपछि महानगरपालिकाका बिद्यालयहरुमा थप तीनदिन जाडो बिदा दिइएको छ ।चिसो घटनुको साटो झनै बढेपछि विद्यालयहरुमा जाडोको बिदा थप गरिएको महानगरपालिकाले जानकारी दिएको छ ।

महानगरले माघ २ देखि ४ गतेसम्मका लागि थप तीन दिन विद्यालयहरुमा जाडोको बिदा दिएको हो ।

पछिल्लो एक हप्तामा पर्सासँगै तराईका जिल्लाहरुमा जाडो बढदै गएको छ ।शितलहर र हुस्सुका कारण जाडो झनै बढेको हो ।जाडो बढदै गएपछि स्कुले बालबालिकाहरुलाई बढी समस्या भएको छ ।

यस्तै बृद्धबृद्धा बिभिन्न खाले बिरामीहरुलाई समेत समस्या परेको छ ।

Leave a review

This will close in 0 seconds