जीतपुरसिमरा–४ स्थित औराहमा क्रिकेट प्रतियोगिता हुदै

साझेदारी दैनिक
324 पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ स्थित औराहमा क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ ।

जीतपुरसिमरा उपमहानगरपािलकाको मुख्य सहयोगमा अभियान नेपालको आयोजनामा यही चैत्र ३ गतेदेखी जीतपुरसिमरा क्रिकेट कपको आयोजना गर्न लागेको हो । आयोजकले सोमवार पत्रकार सम्मेलन गरेर प्रतियोगिता बारे जानकारी गराएको छ ।

प्रतियोगितामा आयोजकसहित ६ टिमको सहभागिता रहनेछ । भने प्रतियोगितामा विजेताले एक लाख पाउने र उपविजेताले ५० हजार नगद प्राप्त पाउने आयोजक क्लबले जनाएको छ ।

चैत्र १० गतेसम्म चल्ने आयोजकका अनुसार प्रतियोगितामा आयोजक टिम जीतपुरसिमरा स्पोर्ट्स क्लब,बारा,मकवानपुर,पर्सा,चितवन, रुपन्देहीको सहभागिता हुने प्रतियोगिता संयोजक सोमलाल बम्जनले जानकारी दिएका छन ।

यसैगरीे प्रतियोगिताको प्लेयर अफ दि सिरिजले १० हजार नगद र उत्कृष्ट बलर तथा ब्याट्सम्यानलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा मुख्य सहयोगी जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी,नेकपा एमाले मधेस प्रदेश सचिव मनोज पौडेल लगायतको उपस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds