बारामा एक शिक्षकको हत्या भएको सात महिना पछि फेरी अर्का एक शिक्षको हत्या भएको छ ।
कलैया स्थित रामराजा बहुमुखी क्याम्पस कलैयाका प्रमुख हरि भूषण कुशवाहाको अज्ञात समुहद्धारा गोली हत्या भएको छ ।
क्याम्पसका प्रमुख कुशवाहालाई अज्ञात समुहले शुक्रवार साँझ साँढे ५ बजे गोली प्रहार भएको प्रहरीले जनाएको छ । साँझ करिब साढे ५ बजे आदर्श कोतवाल नगरपालिका–३ बतराबाट अज्ञात समूहले गोली प्रहार गरेको थियो ।
आर्दशकोतवाल गाउँपालिका वडा नम्बर २ खजुरी स्थित आफ्नो घरबाट कलैयातर्फ आउने क्रममा उनीमाथी अज्ञात समुहले गोली प्रहार भएको थियो ।
गोली लागेपछि घाईते भएका क्याम्पस प्रमुख कुशवाहाको बिरगंज स्थित वयोधा अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताएका छन् ।
उनको पिठ्युँमा गोली लागेको थियो । घटनावारे प्रहरीले अनुसन्धान भईरहेको जनाएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । घटनाको अन्य कारण भने प्रहरीले अहिले खुलाएको छैन ।
यसअघि गत १३ कार्तिक कलैयाकै बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल ३६ वर्षीय गुड्डु भनिने रुपेश सर्राफको गोली हानी हत्या भएको थियो ।


